सेयर बजारमा दोहोरो अंकको सुधार



काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । बजार मापन गर्ने सूचक ११.५८ अंकले बढेर परिसूचक २५८८.३५ बिन्दु कायम भएको छ ।

३२५ कम्पनीको १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता सेयर ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक हरियो बनेको छ । १३८ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ ।
कारोबारमा तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमको आधारमा सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको. छ । कम्पनीको २७ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएलजी इन्स्योरेन्स र नेपाल फाइनान्स रहेका छन् ।


क्लिकमान्डु