लेबनानमा वाकिटकी आक्रमणपछि मोबाइल र कम्प्युटरमा आक्रमणको जोखिम कति छ ?



एजेन्सी । लेबनानमा हजारौं इलेक्रट्रोनिक डिभाइसहरु धमाधम विस्फोट हुन थालेपछि तनाब र असुरक्षा उत्पन्न भएको छ । दुई दिनको अवधिमा हजारौं पेजर र वाकिटकी विस्फोट भएर दर्जनौं मानिसको मृत्यु हुनुका साथै सयौं घाइते भए ।

यसलाई धेरैले इजरायलको आक्रमण भनेका छन् । यद्यपि इजरायलले हालसम्म औपचारिक रुपमा आक्रमण गरेको स्विकार गरेको छैन । जवकि इजरायलका रक्षामन्त्रीले केही समयअघि मात्रै लेबनानप्रति लक्षित गर्दै अब युद्धको नयाँ युग सुरु भएको चेतावनी दिएका थिए ।

यी आक्रमणहरुसँगै लेबनानमा अब टेलिफोन, ल्यापटप लगायतका सबैजसो इलेक्ट्रफनिक डिभाइसहरु असुरक्षित बनेको बताइएको छ । मंगलबार मात्रै हजारौं पेजर विस्फोट भएका थिए ।

त्यस क्रममा कम्तीमा १२ जनाको मृत्यु भयो भने बुधबार वाकिटकी विस्फोट हुँदा २० जना मारिएका छन् । यस क्रममा सयौं मानिस घाइते भएका छन् । पेजर आक्रमणबाट १२ जना मारिनुका साथै २ हजार घाइते भएका थिए भने वाकिटकी आक्रमणबाट २० जना मारिनुका साथै ४ सय ५० जना घाइते भएका छन् ।

त्यसो त सञ्चार उपकरणहरुमा आक्रमणको संकेत पाएपछि लेबनानका अधिकारीहरुले मोबाइल फोन प्रयोग नगर्न आह्वान गरेका थिए । त्यससँगै फोन लिन छाडेर हिजबुल्लाह कार्यकर्ताहरुले पेजर र वाकिटकी बोक्न थालेका थिए ।

त्यसै अनुरुप हिजबुल्लाहहरुलाई लक्षित गर्दै इजरायलले आक्रमण गरेको बताइएको छ । यसैबीच हिजबुल्लाहका नेता हसन नसराल्लहले टेलिभिजन मार्फत मोबाइल नचलाउने आह्वान गरेका थिए ।

यसैबीच अब विश्वभर विक्री भएका ईलेक्ट्रिक डिभाइसहरु पनि कत्ति सुरक्षित छन् वा ती उपकरणमा आक्रमणको जोखिम कति छ भन्ने विषयमा बहस सुरु भएको छ । विशेषगरी लेबनानमा भएको पेजर र वाकिटकी आक्रमणसँगै यसबारे चिन्ता व्यक्त हुन थालेको हो । लेबनानको घटनापछि आक्रमणपछिको अवस्थाका तस्बिरहरु सामाजिक सञ्जालमा व्यापक रुपमा सेयर भएका छन् ।

केही ठाउँमा भने पेजर आक्रमणपछि मृत्यु भएको र आगो लागेका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर भएका छन् । यस्तै पेजर आक्रमणबाट मारिएका मानिसको अन्त्यस्टिमा सामेल भएका मानिसहरुमाथि फेरि वाकिटकी विस्फोट गरियो ।


क्लिकमान्डु