अपि पावर कम्पनीले लाभांश घोषणा , बुक क्लोज कहिले ?



काठमाडौं । अपि पावर कम्पनीले लाभांश घोषणा गरेको छ । लाभांश सँगै कम्पनीले आगामी साधारण सभाको मिति समेत तय गरेको छ ।

कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले कात्तिक १ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि असोज १६ गते बुक क्लोज गर्ने जनाएको छ । असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन् भने सभामा भाग लिन पाउनेछन् ।


क्लिकमान्डु