लामो समयसम्म रोकिएको आईपीओ निष्कासन स्वीकृतको प्रक्रिया अघि बढ्छः बोर्ड अध्यक्ष बराल



काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले लामो समयसम्म रोकिएर बसेको साधारण सेयर (आईपीओ) निष्कासन स्वीकृतको प्रक्रिया अघि बढ्ने भएको बताएका छन् ।

आज बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा यस्तो बताएका छन् ।

उनले अब आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीको आईपीओ फाइल अगाडि बढाउने बताए । उनले नेटवर्थ ९० भन्दा कम भएका कम्पनीहरूको हकमा भने पर्ख र हेरको अवस्थामा नै रहेको बताए ।

उनले कम्पनीहरूको वित्तीय अवस्था अध्ययन गरेर स्वीकृतका लागि अगाडि बढाइएको बताए । उनले वित्तीय अवस्थामा कमजोरी भएका कम्पनीहरूलाई बोर्डले थप अध्ययन र परीक्षण गरेर मात्रै निर्णय लिने योजना बनाएको बताए ।


क्लिकमान्डु