अन्तर्राष्ट्रिय अभ्यास र कानून हेरेर सेबोन, नेप्सेलाई रिफर्म गरौंः विनोद चौधरी



काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले धितोपत्र बोर्ड र नेप्सेको रिफर्म आवश्यक रहेको बताएका छन् । अर्थ समितिको बैठकमा चौधरीले उनले अन्तर्राष्ट्रिय नियमायक निकायहरुले अपनाएका अभ्यास र कानून हेरेर सेबोन र नेप्सेलाई रिफर्म गर्ने नीति बनाउन आवश्यक रहेको बताए ।

उनले पुँजीबजार समग्र देशको अर्थतन्त्र विस्तारको औजार भएको दाबी गरे । उनले पुँजीबजारमा सुधारको लागि लगानी संरक्षण र सुरक्षित गर्ने नीति आवश्यक रहेको उल्लेख गरे । उनले पुँजीबजारमा जति सक्दो लगानी भित्र्याउन सक्नुपर्ने धारणा राखे ।

‘आन्तरिक तथा वाह्य कम्पनीहरुलाई कसरी पुँजीबजारमा ल्याउने भन्ने सोच्नुपर्छ । यो नेपालमा मात्रै शुरुवात गरेका हैनौं’ उनले भने, ‘विश्वका विभिन्न देशमा धितोपत्र बजारको प्रयोग सफल भएका देशहरु पनि छन् । नयाँ ऐनका कुराहरु आइरहेका छौं । त्यसमा धितोपत्र बोर्ड र नेप्सेलाई ओपन गर्नुपर्छ ।’

उनले धितोपत्र बोर्ड अहिलेसम्म धेरै चलखेलमा चल्ने गरेको भन्दै यस्ता खालका चलखेलले सधैँ लगानीकर्तामा आत्मबलको कमी ल्याउने बताए । उनले पुँजीबजारमा कम्पनीको सेयर तल माथि हुनु स्वाभाविक भएको उल्लेख गरे ।

‘नेपालकै स्टक मार्केट १८ सयमा रहेको केही दिन बढेर ३ हजारमा पुग्यो, अहिले फेरि २६ सयमा झरेको छ । नेटवर्थ समाएर बसेर यहाँ भन्दा माथि जान दिन्न भनेर बस्नु हुँदैन । बजार घटबढ हुनुभनेको मार्केट सेन्टिमेन्टको कुरा पनि हो ।’

उनले नेपालमा अप्रेशनमा नआएका आयोजनाको पनि आईपीओ जारी हुने गरेको बताए । उनले आईपीओ जारी गर्ने विषयमा अन्तर्राष्ट्रिय अभ्यास र कानूनका आधारमा दिए अन्तर्राष्ट्रिय रुपमा लिगेसी बोकेका संस्थाहरु पनि आईपीओमा आउन सक्ने धारणा राखे ।

उनले तजबिजी अधिकार हुँदा आईपीओ लगायतमा समस्या रहेको बताए । चौधरीले धितोपत्रबोर्डको अध्यक्ष ल्याउने नै त्यस्तो काम गराउन ल्याउन खोज्ने गरेको धारणा राखे । उनले यो मानिसिकताबाट नेपालको क्यापिटल मार्केट र लगानी दुवै माथि नजाने उल्लेख गरे ।


क्लिकमान्डु