सेयर बजारका लगानीकर्ता बन्दै निरास



काठमाडौं । सेयर बजारले लगानीकर्तालाई निरास बनाएको छ । बजारमा निरन्तर गिरावट सँगै कारोबार रकम समेत घट्दै गएको छ ।

बजार मापन गर्ने सूचक २२.३७ अंकले घटेर परिसूचक २६१०.२१ बिन्दु कायम भएको छ । बजारसँगै कारोबार रकम समेत घट्दै गएको छ । ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँको सेयर किनबेच भएको छ । पछिल्लो समय बजारमा कारोबार रकम समेत निकै घट्दै गएको छ । ३ हजार बिन्दुसम्म पुगको बजार अहिले घटेर २६ सय बिन्दुमा रहेको छ ।

कारोबारमा ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७५ कम्पनीको घटेको छ । कारोबारमा निर्जीबन बिमा समूहको उपसूचक ३.०६ र ट्रेडिङ समूहको उपसूचक ६.२२ अंकले बढेको छ भने अन्य समूहको उपसूचक राताम्मे बनेका छन् ।

कारोबारमा वन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रिस्टार हाईड्रोपावर, समाज लघुवित्त, कालिका लघुवित्त, सीईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

कारोबारमा एशियन हाईड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मनकामना इन्जिनियरिङ हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु