धितोपत्र बोर्डमा तत्काल अध्यक्ष नियुक्त गर्न सांसद हरी ढकालको माग



काठमाडौं । सांसद हरी ढकालले विगत नौ महिनादेखि धितोपत्र बोर्डमा अध्यक्ष नभएको भन्दै तत्काल नियु्क्त गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा सांसद ढकालले विगत ९ महिनादेखि बोर्ड अध्यक्ष बिहीन भएको भन्दै तत्काल नियुक्त गर्न माग गरे ।

दुई तिहाइको सरकारहुँदा पनि के भागबन्डा नमिलेर नियुक्त नगरेको ? भन्दै प्रश्न गरे । उनले सेयर बजारबाट साउन महिनामा सरकारले ४ अर्ब पुँजीगत लाभकर संकलन गरेको समेत स्मरण गराए ।


क्लिकमान्डु