वनारसबाट पानी जहाज चलाउने सरकारको तयारी छ: भौतिक पूर्वाधार सचिव (अन्तर्वार्ता)



देशको एउटा मन्त्रालय जसले काम गर्दा सरकारको पर्फरमेन्स देखिन्छ । विकासको गति देखिन्छ । आधाभन्दा बढी विकास बजेट होल्ड गर्ने उक्त मन्त्रालय जनतासँग प्रत्यक्ष रुपमा जोडिन्छ। त्यो हो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ।

यो मन्त्रालयले सडक, पुल, सुरुङमार्ग, रेलमार्गलगायत निर्माणदेखि सवारीचालक अनुमतिपत्र छपाईसम्मको काम गर्छ । यो निकायले प्रभावकारी रुपमा काम गर्न सक्ने हो भने जनताले सास्ती पाउँदैनन् । सहज रुपमा लाइसेन्स पाउँछन् । सहज रुपमा यात्रा गर्न पाउँछन् ।  सरकारको भएको महसुस गर्न सक्छन् ।

पूर्वाधारको इन्जिन मानिने यो मन्त्रालयले प्रभावकारी काम गर्न नसकेको गुनाँसो सुनिन्छ । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स)को समस्या उस्तै छ । निर्माणाधीन भएका कारण देशभरीका राजमार्गहरु राम्रो अवस्थामा छैनन् । शहरी क्षेत्रमा जामको कहाली लाग्दो समस्या छ ।

दशैं, तिहारलगायतका पर्वहरु राजधानीबाट लाखौ मानिस बाहिरिन्छन् । तर राजमार्गको दुरावस्थाका कारण यात्रा सास्तीपूर्ण हुने गुनाँसोहरु बढेका छन् ।

आइतबार बसेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बैठकले मातहतका निकायलाई दशै, तिहार अघि नै खाल्डाखुल्डी पुरिसक्न निर्देशन दिएको छ । मन्त्रालयले सडक सुरक्षाका विषयमा समेत ध्यान दिन निर्देशन दिएको छ ।

दशै सुरु हुन १ महिना पनि बाँकी छैन् । व्यवसायीले सरकारसँग अग्रिम टिकट खोल्ने विषयलाई बार्गेनिङ गर्ने अस्त्रका रुपमा प्रयोग गर्छन् । अग्रिम बुकिङ अन्तिम समयमा खुल्छ । जसका कारण सर्वसाधरणहरु टिकटका लागि रातभर लाइन बस्नुपर्ने बाध्यात्मक अवस्था छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले भारतको बनारसबाट पानी जहाज चलाउने सरकारको तयारी रहेको बताए ।

सचिव केशव कुमार शर्मासँग क्लिकमान्डुका दिनेश खड्काले गरेको कुराकानी –


दिनेश खड्का