अन्तर्राष्ट्रिय चेन बन्दै सिद्धार्थ होटल: सीईओ न्यौपाने भन्छन्- छिट्टै नेपाली ग्रुपको पहुँच विस्तारको सन्देश दिन्छौं (भिडियो)



काठमाडौं । नेपाली ब्राण्ड समूह सिद्धार्थ हस्पिटालिटी ग्रुप अन्तर्राष्ट्रिय चेन होटल बन्ने भएको छ । यो समूहले नेपाली ब्राण्डलाई अन्तर्राष्ट्रियकरण गर्ने तयारी गरिरहेको छ ।

यो होटले केही महिनाभित्रै भारतमा नेपाली व्यवस्थापनको होटल बनाउने तयारीमा छ । अन्य तेस्रो मुलुकमा पुग्न पनि उपयुक्त होटलको विषयमा अध्ययन भइरहेको सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद न्यौपानेले बताए ।

नेपालमा दुई दर्जनभन्दा बढी होटल पुर्‍याइसकेको यो समूह काठमाडौंमा पाँचतारे होटल सञ्चालन गर्ने तयारीमा छ भने अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेर विदेशी चेन होटल बन्ने योजनामा लागिरहेको छ ।

होटलका सीईओ न्यौपानेका अनुसार नेपाली व्यवस्थापनले सम्हालको होटललाई अहिले ब्राण्ड नभएको भनेर पर्यटकले भन्ने गरेको छन् । तर, सिद्धार्थ ग्रुप भने यही ब्राण्डलाई अन्तर्राष्ट्रियकरण गरेर व्यापार गर्ने रणनीतिमा लागेको हो ।

नेपालमा पर्यटक स्तरदेखि पाँचतारेसम्मका होटल सञ्चालन गरिरहेको यो समूहले पछिल्लो समय आक्रामक सेवा विस्तार गरिरहेको छ । होटल क्षेत्रमा लागेको साढे दुई दशकमा यसले २६ वटा होटलको व्यवस्थापन सम्हाल्न सफल भइरहेको छ । सिद्धार्थ हस्पिटालिटी ग्रुपले १९ वटा होटल आफैं चलाएको छ भने ६ वटाको व्यवस्थापन जिम्मा लिएर सफलताका साथ सञ्चालन गरिरहेको छ ।

सिद्धार्थ हस्टिालिटी ग्रुपसँग अहिले एउटा पाँचतारे होटल, ३ वटा चारतारे र बाँकी पर्यटक स्तरका रेस्टुरेन्ट रहेका छन् ।

नेपालीको दक्षता र क्षमता बढ्दै गएकोले अब नेपालमा विदेशी ब्राण्डका होटल भित्र्याउने विकल्पमा नेपालीले नै व्यवस्थापन सम्हाल्न थालेको सन्देश पनि सिद्धार्थले दिइरहेको छ ।

नेपाली व्यवस्थापन अब्बल भएको सन्देश दिन र थप विश्वास जगाउन अन्तर्राष्ट्रिय स्तरका होटलमा व्यवस्थापन सम्हाल्ने क्षमता बनाउनलाई होटलले नेपाली समूहको विस्तार गरिरहेको होटलको भनाइ छ ।

अहिले नेपाली नै विदेशी ब्राण्डलाई टक्कर दिन सक्ने भएको दाबी नेपाली होटल व्यवस्थापन समूहको छ । नेपाली होटल व्यवस्थापन विस्तारै अन्तर्राष्ट्रिय स्तर प्रवेशको संघारमा रहेको बेला नेपाली होटल समूह सिद्धार्थ हस्पिलिटी ग्रुपका सीईओ न्यौपानेसँग क्लिकमान्डुले गरेको कुराकानी-


राजु बास्कोटा