नदीको मापदण्ड थप २० मिटर बनाइएपछि जनतालाई घरबारविहीन बनाउन पाइँदैन भन्दै प्रदर्शन (तस्बिरहरु)



काठमाडौं । सर्वोच्च अदालतले नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि काठमाडौंका प्रभावित स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

सर्वोच्च अदालतको आदेशसँग काठमाडौं महानगरले थप गरिएको २० मिटरमा कुनै पनि संरचना निर्माण गर्न रोक लगाएपछि स्थानीय बिरोधमा उत्रिएका हुन् ।

यसअघि नदी किनाराबाट २० मिटरको मापदण्ड रहेकोमा बागमतीको जलाधार नियन्त्रणका लागि सर्वोच्च अदालतको आदेशपछि ८० हजार परिवारको विचल्ली हुन लागेको सांसदहरुको भनाइ छ ।

आइतबार गोकर्णेश्वर नगरपालिकाका स्थानीयले मापदण्डको बिरोध गर्दै जोरपाटीमा प्रदर्शन गरेका छन्। सर्वोच्चको फैसलालाई न्यायिक नभएको भन्दै उनीहरुले जोरपाटी क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

यसैबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भने घरहरु नभत्किने बताउँदै तत्काल कानुन संशोधनमा नेताहरुलाई दबाब दिन आग्रह गरेका छन् ।

सत्तारुढ एमाले र कांग्रेसका सांसदहरुले सर्वोच्चको आदेशमाथि न्यायिक पुनरावलोकनको माग गर्दै आएका छन् ।


क्लिकमान्डु