चितवनमा गुडिरहेको बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टियो, २५ जना घाइते



चितवन । चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ ।

शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए ।

अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको हो । बसमा सवार २५ जना यात्रु घाइते छन् । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


क्लिकमान्डु