ऐनापहरा बस दुर्घटना: १४ वटा शव निकालियो



काठमाडौं । भारतीय बस तनहुँको आँबुखैरैनीनजिकै ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा दर्जनबढीको ज्यान गएको छ ।

प्रहरीका अनुसार दुर्घटनास्थलबाट १४ वटा शव निकालिएको छ भने खोजी तथा उद्धार कार्य जारी छ ।

पोखराबाट काठमाडौं आइरहेको उक्त बस भारतको उत्तर प्रदेशमा दर्ता भएको देखिएको प्रहरीले जनाएको छ । उक्त बसमा झन्डै ४० जना सवार रहेको अनुमान गरिएको छ।


क्लिकमान्डु