सेयर बजार राताम्मे



काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारमा अन्तिम १० बजारमा निकै उतार चढाब भयो ।

अन्तिम १० मिनेटमा बजार २८.३१ अंकले घट्यो । आइतबार बजार समग्रमा ३४.४७ अंकले घटेर परिसूचक २९६६.३३ बिन्दु कायम भएको छ ।

३३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३३६ कित्ता सेयर २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३७६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १४.१८, जीवन बिमा समूहको १.६७, निर्जीबन बिमा समूहको उपसूचक ६६.७३ अंकले बढेको छ । बाँकी सबै समूहको उपसूचक घटेको छ ।

कारोबारमा चार वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्रिय बिमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मल्टिप्रपोज फाइनान्स र सम्पदा लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै नेपाल फाइनान्सको सेयर मूल्यका नकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु