उद्योग मन्त्रीद्वारा हेटौंडास्थित विभिन्न उद्योग अवलोकन



काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारी स्वामित्वको हेटौंडास्थित विभिन्न उद्योगको अवलोकन गरेका छन् ।

हेटौंडास्थित हेटौडा सिमेन्ट उद्योग, हेटौडा कपडा उद्योग, मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन शनिबार गरेका हुन् ।

बन्द रहेका तथा सञ्चालनमा रहेको उद्योग तथा औद्योगिक क्षेत्रका कर्मचारीहरुसँग मन्त्री भण्डारीले अवस्थाको बारेमा छलफलसमेत गरेका छन् ।

अबलोकन गर्दै मन्त्री भण्डारीले सरकारी स्वामित्वको उद्योग र घाटामा पुगेको उद्योग सञ्चालनमा ल्याउन सरकारले गृहकार्य गरिरहेको जानकारी दिए ।

उनले यसको लागि मोडालिटी तयार गरिरहेको र त्यो मोडालिटी टुङ्गोमा पुगेपनि उद्योगहरु सञ्चालनमा ल्याइने उनले बताए ।


क्लिकमान्डु