महावाणिज्यदूतमा चार सहसचिव सिफारिस



काठमाडौं । सरकारले रिक्त महावाणिज्यदूतका लागि ४ जना सहसचिवलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कलकत्ता, बेइजिङ, ग्वान्जाओ र ल्हासामा महावाणिज्यदूत नियुक्त गर्ने गरी ४ जना सहसचिवलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको हो ।

रिक्त महावाणिज्य दूतका नियुक्त हुने गरी सिफारिस भएका सहसचिवमा गृह मन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्य र भरत खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लक्ष्मी प्रसाद निरौला, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका विन्देश्वर प्रसाद लेखक छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा महाबाणिज्यदुत बन्ने गरी परराष्ट्र मन्त्रालयमा सरुवा भएका नवराज ढुंगानालाई, प्रदेश प्रमुखको कार्यालय सुदूरपश्चिम र नारायण प्रसाद भट्टलाई सतर्कता केन्द्रमा सरुवा गरिएको छ ।

बिहीबार मन्त्रिपरिषद्ले महाबाणिज्यदुत बन्ने गरी परराष्ट्र मन्त्रालयमा सरुवा आचार्य र निरौला एमाले निटक तथा लेखक र खनाल कांग्रेस निकट कर्मचारी हुन् । खनाल परराष्ट्र समूहको अधिकृतमा सिधैं सामान्य प्रशासन समुहमा सहसचिव भएका थिए ।


क्लिकमान्डु