आईपीओ निष्कासन गर्ने लिबर्टी माइक्रो लाइफको प्रस्ताव पारित, प्रतिकित्ता कति ?
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
आज सम्पन्न कम्पनीको विशेष साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
विशेष साधारण सभामा कम्पनीका अध्यक्ष निकोलस पाण्डेले जारी पुँजी अन्तर्गत सर्वसाधारण समूहका लागि छुट्टाइएको ३० प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँको सेयर निष्कासन गर्न लागेको जानकारी गराए । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।
आईपीओ बिक्रिबाट प्राप्त हुने २२ करोड ५० लाख रुपैयाँ नेपाल बीमा प्राधीकरणबाट लघु जीवन बीमा कम्पनीहरुका लागि जारी निर्देशिकाको अधीनमा रही लगानी गर्ने जनाइएको छ ।