निर्जीवन बिमा कम्पनीको नाफा ५२.८०% ले बढ्यो, सरकारीसहित २ कम्पनीको घट्यो



काठमाडौं । गत आर्थिक वर्षमा सञ्चालनमा रहेका निर्जीवन बिमा कम्पनीले ७ अर्ब ४३ करोड १३ लाख ४ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

अघिल्लो आवको असार मसान्तको तुलनामा गत आवको असार मसान्तमा निर्जीवन बिमा कम्पनीको नाफा ५२.८० अंकले बढेको छ । अघिल्लो आवको असार मसान्तमा निर्जीवन बिमा कम्पनीले ४ अर्ब ८६ करोड ३१ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

१४ वटा निर्जीवन बिमा कम्पनीमा २ वटाको नाफा घटेको छ भने १२ वटाको बढेको छ । नाफा घटाउने कम्पनीमा नेको इन्स्योरेन्स र राष्ट्रिय बिमा कम्पनी रहेको छ । अन्य सबै कम्पनीको नाफा बढेको छ ।

धेरै नाफा कमाउने पहिलो कम्पनी नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीले ७० करोड ६ लाख २७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८७.७८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा ३७ करोड ३० लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार सबैभन्दा कम नाफा कमाउने कम्पनीमा ंएनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीले असार मसान्तसम्म २५ करोड ३३ लाख ९६ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २१.७६ प्रतिशतले बढी हो ।

धेरै नाफा कमाउने दोस्रो कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले असार मसान्तसम्म ६९ करोड २३ लाख १९ हजार रुपैयाँ नाफा आर्जन छ । जुन अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३७ करोड ९३ लाख १९ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको नाफा ८२.५१ प्रतिशत बढी थियो ।

गत आवको असार मसान्तसम्म नेको इन्स्योरेन्स कम्पनीले ६८ करोड ५७ लाख ११ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २.७४ प्रतिशतले घटेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले असार मसान्तसम्म ६६ करोड ७९ लाख ४५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५०.०८ प्रतिशतले बढी हो ।

राष्ट्रिय बीमा कम्पनीले असार मसान्तसम्म ६२ करोड ७३ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १८.७९ प्रतिशतले कम हो । सरकारी स्वामित्वको कम्पनीको नाफा घटेको छ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले असार मसान्तसम्म ६१ करोड २१ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५६.६७ प्रतिशतले बढी हो ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आवको असार मसान्तसम्म ६० करोड ८९ लाख १ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा ८३.९४ प्रतिशतले बढी हो ।

ओरियण्टल इन्स्योरेन्सले असार मसान्तसम्म ५९ करोड ६१ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८३.३६ प्रतिशतले बढी हो ।

शिखर इन्स्योरेन्सले गत आवको असार मसान्तसम्म ५१ करोड ३० लाख २१ हजार रुपैयाँ नाफा कमाएका छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १२६.८७ प्रतिशतले बढी हो ।

प्रभु इन्स्योरेन्सले ४९ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही तुलनामा ११८.१३ प्रतिशतले बढी हो ।

यूनाइटड अजोड इन्स्योरेन्सले ३८ करोड ५२ लाख ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १०८.११ प्रतिशतले बढी हो ।

सानिमा जिआइसी इन्स्योरेन्सले ३३ करोड ७ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २०.९२ प्रतिशतले बढी हो ।

नेशनल इन्स्योरेन्सले २६ करोड ६७ लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.९७ प्रतिशतले बढी हो ।

एनएलजी इन्स्योरेन्सले २५ करोड ३३ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २१.७६ प्रतिशतले बढी हो ।


क्लिकमान्डु