हुण्डी कारोबार घटाउन आवश्यक: डेपुटी गभर्नर मिश्र



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले हुण्डी कारोबार घटाउन आवश्यक रहेको बताएका छन् ।

बुधबार आइएमई लिमिटेडले जीएमई रेमिटलाई प्राप्तिपछिको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा मिश्रले रेमिट्यान्स कम्पनीबीचको मर्जर पहिलो भएको बताए । मिश्रले विदेशमा रहेका नेपालीलाई वैधानिक च्यानलबाट पैसा पठाउने बाटो बनाउनु पर्ने बताए ।

राष्ट्र बैंकले कुनै पनि नीतिगत असर पर्नेगरी काम नगर्ने बताए । आगामी दिनमा झनै सजिलो गरि पैसा पठाउने व्यवस्था मिलाउन अपिल गरे ।


क्लिकमान्डु