शिखर इन्स्योरेन्सको नाफा १२६.८७ प्रतिशतले बढ्यो



काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म शिखर इन्स्योरेन्स कम्पनीको नाफा १२६.८७ प्रतिशतले बढेर ५१ करोड ३० लाख २१ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ६१ लाख २५ हजार रुपैयाँ नाफा रहेको थियो ।

कम्पनीको खुद बिमा शुल्क आम्दानी १३.३२ प्रतिशतले बढेर १ अर्ब ५६ करोड १२ लाख ८३ हजार रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

रिजर्भ कोष २५२.३४ प्रतिशतले बढेर ३१ करोड ५१ लाख ८५ हजार रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३२ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ५९ पैसा छ ।


क्लिकमान्डु