रातिदेखि रोकिएको पूर्वपश्‍चिम सडक पुन: सञ्चालनमा



काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक पुन: सञ्चालनमा आएको छ ।

सडक भासिएसँगै केही समयका लागि यातायात सञ्चलनमा रोक लगाइए पनि अहिले मर्मतपछि आवतजावतका लागि खुला गरिएको हो । नवलपुरको दाउन्नेमा गएराति सडक भासिँदा सयौंको स्ख्यामा सवारीसाधन बीचमै अलपत्र परेका थिए ।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गरिएको थियो ।

अहिले आंशिक रुपमा शतर्कता साथ सडक सञ्चलन गरिएको बताइएको छ । सडक भासिएसँगै यातायात सञ्चालनमा अवरोध हुनुका साथै आम नागरिकहरुको दिनचर्यासमेत अस्तव्यस्त भएको थियो ।


क्लिकमान्डु