डेडिकेटेड ट्रंकलाइनको वक्यौताको विषय जोडतोडले उठाउने रास्वपाको निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषय जोडतोडका साथ उठाउने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुबी बीच जारी रहेको डेडिकेटेड ट्रंकलाइन सम्बन्धी वक्यौता विवादलाई संसदमा जोडतोडका साथ उठाउने निर्णय गरेको हो ।

पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राज्यले पाउनु पर्ने रकम उठाउनुपर्छ भन्ने आफूहरुको धारणा रहेको बताए । ‘संसदको गतिविधिमा हामीले नेपाल विद्युत प्राधिकरणको वक्यौता सम्बन्धी मुद्दा जोडतोडका साथ उठाउने र त्यो वक्यौताको विषयमा अरु केही हुनु हुँदैन,’ उनले भने, ‘राज्यले पाउनुपर्ने कुरा उठाउनुपर्छ भन्ने हाम्रो धारणा छ ।’

प्राधिकरणले मन्त्रिपरिषद्ले निर्देशन दिएको भन्दै ६ अर्ब ६० करोड रुपैयाँ उठाउन उद्योगीहरुलाई पत्र काटेपछि विवाद बढेको हो । उद्योगीहरुले टीओडी मिटरको रेकर्ड नदिएसम्म बक्यौता नतिर्ने बताएका छन् । उद्योगीहरुले प्राधिकरणले पठाएको अतिरिक्त शुल्कसहितको उक्त विल फर्जी भएको दाबी गर्दै आएका छन् ।


क्लिकमान्डु