नोक्सानी घटाउँदै अपर तामाकोशी हाइड्रोपावर



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले नोक्सानी घटाउँदै लगेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनी २ अर्ब ६८ करोड ६८ लाख १९ हजार १९ हजार रुपैयाँ नोक्सानमा छ । अघिल्लो आवको सोही अवधिमा कम्पनी ४ अर्ब ९ करोड ८२ लाख १४ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै नोक्सानी घटेको हो । असार मसान्तसम्म कम्पनीले विद्युत बिक्री गरेर ८ अर्ब ७५ करोड २० लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा ८ अर्ब १० करोड ९२ लाख ५१ हजार रुपैयाँ थियो । कम्पनीको सञ्चालन नाफा २८.३३ प्रतिशतले बढेर ३ अर्ब ९७ करोड ९७ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

२१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा ऋणात्मक छ । अघिल्लो आवको सोही अवधिमा ३८ रुपैयाँ ७० पैसा ऋणात्मक रहेको थियो । नेटवर्थ ५६ रुपैयाँ ८८ पैसा रहेको छ । अघिल्लो आवको सोही अवधिमा ३० रुपैयाँ ५ पैसा रहेको थियो ।


क्लिकमान्डु