सरकारसँग मेरो ‘मिसअन्डरस्ट्यान्डिङ’ छैन, सरकारविरुद्ध काम गरेको छैनः कुलमान



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारसँग प्राधिकरणको असमझदारी नभएको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै कुलमानले सरकारसँग प्राधिकरणको कुनै असमझदारी नभएको बताएका हुन् । प्राधिकरण सरकारकै अंग भएको र सरकारविरुद्ध काम गरेजस्तो आफूलाई नलागेको उनले बताए ।

‘सरकारसँग मेरो कुनै मिसअन्डरस्टयान्डिङ छैन । विद्युत प्राधिकरण सरकारकै अंग हो,’ कुनमानले भने, ‘मैले सरकारको विरुद्धमा काम गरेजस्तो लाग्दैन र सरकारले पनि नाजायज काम गर् भनेको छैन ।’

उनले सरकारले दिएका निर्देशन प्राधिकरणले ग्रहण गर्नुपर्ने बताए ।

उनले सरकारले विवादित डेडिकेटेड ट्रंकलाइनको बक्यौता नउठाउन नभनेको जानकारी गराए ।

घिसिङले आफूले प्राधिकरणको नेतृत्व गरेपछि घाटामा रहेको प्राधिकरण नाफामा गएको र देशभर विद्युतीकरण पुगेको बताए।

घिसङले आफूले दोस्रो कार्यकाल सम्हालेपछिको तीन वर्षमा हासिल भएका मुख्य उपलब्धिहरु सार्वजनिक गरेका छन् ।
वित्तीय तथा प्रशासनकि सुधार, वितरण तथा ग्राहक सेवा उत्पादन तथा इन्जिनियरिङ प्रसारण विद्युत व्यापार शीर्षकमा घिसिङले ५५ बुँदे उपलब्धिहरु सार्वजनिक गरे ।


क्लिकमान्डु