पाँचतारे होटल हिल्टनमा एक रात बसेको साढे २ लाखसम्म (भिडियो)



काठमाडौं । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच तारे होटल हिल्टन काठमाडौं उद्घाटन गरे । हस्पिटालिटी उद्योगमा प्रवेश गरेको शंकर ग्रुपले सञ्चालनमा ल्याएको हिल्टनमा १७२ कोठा छन् ।

यो होटलमा एक रात बस्न २०० डलर (करिब २६ हजार ६ सय) देखि २ हजार डलर (२ लाख ६६ हजार रुपैयाँ) सम्म तिर्नुपर्छ । प्रेसिडेन्सियल सुइट रुममा बस्न २ हजार डलर तिर्नु पर्छ ।

होटलमा रुफटफ स्विमिङ पुल, स्पा, जीम लगायत कार्यक्रम गर्न सभाहलसमेत रहेको छ ।

करिब ८ अर्ब रुपैयाँ लगानीमा होटल सञ्चालनमा आएको शंकर ग्रुपले जनाएको छ ।


क्लिकमान्डु