मौद्रिक नीतिको प्रभावः सेयर बजारमा १ मिनेटमा नै सर्किट



काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीति सेयर बजार मैत्री भएको चर्चा सँगै नेप्सेमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारको पहिलो चार मिनेटमा बजार ४ प्रतिशतले बढेपछि सर्किट लाग्ने गर्छ । बजार ४ प्रतिशतले बढ्दा बजार २० मिनेटका लागि स्थगन भएको हो ।

नेप्सेका अनुसार ११ बजेर १ मिनेटमा बजार ४ प्रतिसतले बढेर सर्किट लागेको हो । २०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको घटेको छ ।

बजार १०२.६८ अंकले बढेर परिसूचक २६७०.८२ बिन्दुमा पुगेको छ ।


क्लिकमान्डु