गोरखाको धार्चेमा पहिरो, ५ जना बेपत्ता



गोरखा । उत्तरी गोरखामा पहिरोमा परि पाँच जना बेपत्ता भएका छन् ।

गोरखाको धार्चे गाउँपालिका- ५ को रेसेफाँटमा लेदो सहितको पहिरोमा परि पाँच जना बेपत्ता भएका हुन् ।

शनिबार रातिको पहिरोमा परि कान्छी गुरूङ, जीतबहादुर गुरूङ, रमेश गुरूङ, रमेश परियार बेपत्ता भएको छन् भने एक जनाको पहिचान हुन नसकेको बताइएको छ ।

गाउँपालिका उपाध्यक्ष सुनीला गुरूङले घटनास्थल विकट ठाउँमा भएकाले उद्धारमा कठिनाइ भइरहेको बताइन् ।

गाउँपालिकाको केन्द्रबाट दुई घन्टा लाग्ने स्थानमा पहिरो गएको उनको भनाइ छ ।


क्लिकमान्डु