काठमाडौं उपत्यकाका स्थानीय तहमा आज सार्वजनिक बिदा



काठमाडौं । उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र मातहतका निकायमा आज सार्वजनिक बिदा दिइएको छ ।

बिहीबार राति मृत्यु भएका कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नकर्मीको बिहीबार मृत्यु भएको थियो ।

नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए । नकर्मी २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।


क्लिकमान्डु