राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. श्रेष्ठ योजना आयोगको सदस्य नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई सदस्य नियुक्त गरेको हो ।

त्यस्तै सरकारले आयोगका सदस्यहरुमा डा. आरती बिछार, डा. रमेश प्रसाद सिंह, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरेको छ ।

योजना आयोगको अध्यक्षमा प्राडा शिवराज अधिकारी नियुक्त भएका छन् ।


क्लिकमान्डु