उड्डयन प्राधिकरणले भन्यो: १८ जनाको शव संकलन, १ जनाको उद्धार

224
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरको विमान दुघर्टनामा १८ जनाको शव निकालिएको जनाएको छ ।

प्राधिकरणले विज्ञप्ति जारी गर्दै १८ जनाको शव संकलन गरिएको र एक जना घाइतेलाई उद्धार गरि अस्पताल लगिएको जनाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा बुधबार सौर्य एयरको सीआरजे७ जहाज काठमाडौंबाट स्थथानीय समय अनुसार ११ बजेर ११ मिनेटमा पोखरा उडानका क्रममा उड्ने वित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको, तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिइ १८ जनाको शव संकलन गरिएको तथा १ जना घाइतेलाई उद्धार गरि अस्पताल पुर्‍याइएको जानकारी गराइएको छ ।