सरकारको मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त



काठमाडौं । सरकारले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । गृह सचिव रहेका रेग्मीलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य सचिवमा नियुक्त गरेको हो ।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको उमेरहदका कारण भोलि कात्तिक ७ गतेबाट अवकाश पाउँदैछन् । गत असारमा मुख्य सचिवमा क्षेत्री नियुक्त भएका थिए


पुष्प दुलाल