फोर्ब्स सीईओ सम्मेलन थाइल्यान्डमा हुने, घरजग्गादेखि एआईसम्मका एजेन्डा



फोर्ब्स सीईओ सम्मेलनमा ‘फेमिली बिजनेस’, ‘एआई’देखि ‘रियल इस्टेट’सम्मका एजेन्डामा छलफल हुनेछ । यसअघि नेपालको तर्फबाट अर्बपति विनोद चौधरी पनि वक्ताको रुपमा सहभागी थिए । यसपटक भने वक्ताहरुको सूची सार्वजनिक गरिएको छैन ।

एजेन्सी । प्रतिष्ठित फोर्ब्स म्यागजिनको फोर्ब्स ग्लोबल सीईओ सम्मेलन आगामी नोभेम्बर २० देखि २२ सम्म थाइल्यान्डको बैंककमा हुने भएको छ ।

सम्मेलनमा शीर्ष सीईओ नेताहरु उद्यमी र लगानीकर्ताहरुले नयाँ ग्लोबल मुद्दाहरुमा छलफल गर्दै नयाँ समझदारी बनाउने छन् । सम्मेलनमा रियल इस्टेट बिजनेस, स्टार्टअप, फेमिली बिजनेसदेखि आर्टिफिसियल इन्टेलिजेन्स हुँदै आसियन क्षेत्रको कनेक्टिभिटीसम्मको विषयमा छलफल हुने फोर्ब्सको वेबसाइटमा उल्लेख छ ।

प्रत्येक एजेन्डाबारे ओभरभ्यु भने दिइएको छ । जहाँ घरजग्गाको विषयमा घरजग्गा क्षेत्रले कार्यालय भवन र अपार्टमेन्टहरुको भरपर्दो मागको सामना गरिरहेको उल्लेख छ । तर वक्ताहरुको विषयमा जानकारी दिइएको छैन ।

‘रिफर्मिङ द ग्लोबल इकोनोमी’, ‘ मास्टरिङ द मार्केट’, ‘रियल इस्टेट गेट्स रियल’, ‘इनोभेटिङ द फिचर’, ‘द कर्नर अफिस्ज न्यु भ्यु,’ ‘इनोभेटिङ द भ्युचर’, ‘इनर्जी प्रोस्पेरिटी प्याराडक्स,’ ‘ब्राइट आइडियाज फेस न्यु रियालिटी’, ‘फेमिली बिजनेस लुकिङ एट द नेक्स्ट फ्रन्टायर’,’अल्ट्रिजम इन एन एज अफ स्केप्टिसिजम’, ‘भेन्चर क्यापिटल्स स्ट्रेस टेस्ट’, ‘आसियन कनेक्टिभिटी एन्ड चेन्ज’, ‘स्टार्टअप एन्ड युनिकर्न्स’ र ‘इन्टेलिजेन्स विदआउट बोर्डर्स’ गरी १३ एजेन्डामा यसपटक सम्मेलनमा छलफल हुने एजेन्डाहरु गरी १३ एजेन्डामा छलफल हुने छ ।

फोर्ब्सले वक्तहरुको बारेमा भने केही सार्वजनिक गरेको छैन । यसअघिको सम्मेलनमा भने नेपालको तर्फबाट फोर्ब्सको डलर अर्बपति सूचीमा रहेका विनोद चौधरी वक्ताको रुपमा सहभागी थिए । यस्तै सीपी ग्रुप, थाइबेभ, बैंकक बैंक, बारितो प्यासिफिक, फ्रासेर्स प्रोपर्टी इन्टरनेसनल र कन्टेनर टर्मिनल सर्भिस स्पोन्सरको रुपमा रहेका छन् ।


क्लिकमान्डु