विद्युत नियमन आयोगको अध्यक्षमा धिताल, अन्तर्वार्तामा सहभागी भएनन् थापा



काठमाडौं । विद्युत नियमन आयोगको अध्यक्षमा डा रामप्रसाद धिताल नियुक्त भएका छन् ।

शुक्रबारको मन्त्रीपरिषद्को बैठकले धिताललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।मन्त्रीपरिषदको बैठकले मधुसूदन अधिकारी र झमकप्रसाद शर्मालाई आयोगको सदस्यमा नियक्त गर्ने निर्णय गरेको छ ।

आयोगको अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये ३ जना सर्ट लिष्टेड भएका थिए । सर्ट लिष्टमा परेका पूर्व सचिव अर्जुनजंग थापा अन्तर्वार्तामा नै सहभागी भएनन् । उनी बलिया उम्मेदवारमध्येका एक थिए । तर शक्तिकेन्द्र धाउन नसक्ने भन्दै अन्तर्वार्तामा नै सहभागि भएनन् । धिताल र डा मधुसुधन अधिकारीबीच प्रतिस्पर्धा भएको थियो । अधिकारीलाई पछि पार्दै धितालले बाजी मारेका हुन् ।

विद्युत नियमन आयोगको नेतृत्व कमजोर भएका कारण विद्युत खरिद बिक्री सम्झौता ९पीपीए० मा स्वीकृति दिने जस्ता काममा अल्झिएर बसेको छ । ह्‍विलिङ चार्ज सम्बन्धी कानुनी व्यवस्था नहुँदा प्रसारणलाइन निर्माण गर्ने कम्पनीहरुमा समस्या आउन थालेको छ ।

निजी क्षेत्रले निर्माण गर्ने समग्र आयोजनाको नियमन गर्न सकेको छैन् । नियमन आयोग कमजोर भएका कारण धेरैले अनुचित फाइदा उठाएका छन् ।


क्लिकमान्डु