धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका विषयमा अख्तियारमा उजुरी



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिमा योग्यताका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

मन्त्रालयले योग्यता नपुगेको व्यक्तिलाई विज्ञ राखेको भन्दै आयोगमा उजुरी परेको हो ।

आयोगमा आज (जेठ ३२ गते) सी–०७९२६८ नम्बरमा आयोगमा उजुरी दर्ता भएको हो । उजुरीमा अध्यक्ष नियुक्ति र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकरणमा आर्थिक चलखेल हुन लागेको उल्लेख छ ।

बोर्डमा अध्यक्ष नियुक्तीका लागि गठन गरेको छनौट समितिको विज्ञ सदस्यको योग्यता नपुगेका व्यक्तिलाई राखेको दाबी गरिएको छ ।

अर्थमन्त्रालयले पाँच जनाको नाम चैत २५ गते नै सर्ट लिस्टिङ गरेको भएपनि कमिसनको बार्गेनिङ नमिल्दा अहिलेसम्म रोकिएको थियो ।

सरकारले आगामी ४ वर्षका लागि अध्यक्ष नियुक्ती गर्न लागेको छ । अध्यक्षका लागि आवेदन दिएका १९ जनामध्ये ५ जना छनोटमा परेका छन् । ५ जनालाई आइतबार अन्तवार्ता लिएर सम्भवत आगामी साता बोर्ड अध्यक्ष नियुक्त गर्ने तयारी रहेको बताइएको छ ।


क्लिकमान्डु