विपद उद्धारसम्बन्धी तालिम अभ्यास गर्दा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु



काठमाडौं । विपद उद्धारसम्बन्धी तालिम अभ्यास गर्दा डुबेर सशस्त्र प्रहरीका जवानको मृत्यु भएको छ ।

बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ७ घर भएका जवान नरेन्द्र सिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त कृत्रिम अभ्यासका क्रममा उनी डुबेका थिए ।
बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण कम गर्ने उपायका लागि कृत्रिम अभ्यास गरिएको थियो ।

बेहोस अवस्थामा फेला परेका उनीलाई उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल बझाङमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु