नेपाल-भारत सम्बन्धले विकासमा नयाँ युगको सुरूवात: उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले विविधतालाई अंगालेर पिछडिएका समूहलाई सशक्त बनाउने काम गरेको बताएका छन् ।

काठमाडौंमा भएको वर्तमान वैश्विक परिदृश्यमा ज्ञान परम्परा नेपाल-भारतको सांस्कृतिक सन्दर्भ विषयक गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले नेपाल-भारत सम्बन्ध साझा समृद्धि झल्काउन व्यापार, कनेक्टिभिटी, पर्यटन र अन्य सकारात्मक सम्बन्धका विषयमा केन्द्रित हुनुपर्ने बताए।

‘दुई देशबीचको सम्बन्धले विकास, समृद्धि र सामाजिक परिवर्तनको नयाँ युगको सुरूवात हुने विश्वास छ,’ उनले भने, ‘समावेशीता, धर्मनिरपेक्षता, सङ्घीयता, लैङ्गिक समानता, शिक्षामा पहुँच लगायतका सिद्धान्तहरूले नेपाली समाजलाई जीवन्त बनाइरहेको छ।’

सामाजिक परिवर्तन बुझ्नको लागि सामाजिक संरचना र संस्थाहरूको जाँच पनि आवश्यक हुने उनले बताए ।

उच्च आर्थिक वृद्धिको मार्ग, आर्थिक विकास, समृद्धि र विकास लक्ष्यको परिपूर्ति गर्न स्थिर राजनीतिक प्रणाली आवश्यक रहने उनले बताएका छन् ।


क्लिकमान्डु