भन्सार छलेर ल्याइएको सामानसहित नौं जना पक्राउ



काठमाडौं । प्रहरीले भन्सार छली गरी ल्याइएको नौं लाख ७९ हजार रुपैयाँ मूल्यका सामानसहित नौं जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश मुजफरनगरका २९ वर्षीय कल्बे अब्बास, सोही ठाउँका ५३ वर्षीय इसरार हुसेन, २९ वर्षीय मजर अली, ५० वर्षीय गुल्सन अली, २७ वर्षीय नजफ अली र ५० वर्षीय सेहेजात गुड्छु, उत्तर प्रदेशको मेरठका २६ वर्षीय हुसेन अब्बास र ३१ वर्षीय कोमी सलमान तथा रौतहटको चन्द्रपुर नगरपालिका ९ का ३८ वर्षीय दीपक दाहाल रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार काठमाडौं महानगरपालिका २८ बागबजारमा भारतीय नागरिकले भन्सार छली गरेका लत्ता कपडा भण्डारण गरी अवैध रुपले कारोबार गर्दै आएको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले खानतलासीका क्रममा नौं जनाको साथमा रहेको २७ थान सेन्थेटिक झोला, चार लाख २५ हजार रुपैयाँको लत्ताकपडा र दुई लाख रुपैयाँ नगद बरामद गरेको छ।


क्लिकमान्डु