त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रनवे’ मा भ्वाङ, उडान-अवतरण बन्द



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा प्वाल परेका कारण हाल अन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभाविन भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार धावनमार्गको माध्य भागतिर प्वाल परेको भेटिएको हो ।

उक्त प्वाल परेको भागलाई टालेपछि मात्रै उडान अवतरण हुने भएकोले आवश्यक मर्मतका लागि विमानस्थलबाट हुने उडान अवतरण बन्द गरिएको छ ।

विमानस्थल कार्यालयका अनुसार आवश्यकम मर्मत सकेर केही समयपछि नै उडान अवतरण खुल्ने भएको छ । यसअघि जेठ ११ गते पनि विमानस्थलको रनवेमा प्वाल परेको थियो । पछिल्लो समय उक्त विमानस्थल बिजी भइरहँदा यस्ता समस्या दखिने क्रम बढेको छ ।


क्लिकमान्डु