दक्षिणकालीको भीरमा महिला र पुरुषको शव भेटियो, महिला भक्तपुरकी, पुरुषको सनाखत भएन



काठमाडौं । काठमाडौँको दक्षिणकाली नगरपालिका ८ केराबारीको भीरमा एक जना महिला र अर्का एक जना पुरुषको शव भेटिएको छ ।

काठमाडौँ– दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भीरमा उनीहरुको शव भेटिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

शव नजिकै बागमती प्र ०३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएकाले उनीहरू दुर्घटनामा परेका हुनसक्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए ।

नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली भीरबाट शव निकाल्न जुटेको जानकारी दिँदै उनले बुधबार साँझ शव देखेर स्थानीयले खबर गरेका बताए ।

प्रहरीले मृतक पुरुषको सनाखत हुन नसकेको तर महिला भने भक्तपुर चाँगुनारायण नगरपालिका–५ की ३२ वर्षीया सविना राईको भएको जनाएको छ ।


क्लिकमान्डु