आयल निगमको डिपो प्रमुखको जिम्मेवारी हेरफेर



काठमाडौं । नेपाल आयल निगम लिमिटेडले डिपो प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

निगमले भैरहवा डिपोमा कार्यरत कमला न्यौपानेलाई केन्द्रिय कार्यालयमा सरुवा गरेको छ । उनको स्थानमा सैलेन्द्र भुसाललाई पठाइएको छ । यस्तै भैरहवा डिपोमा कार्यरत अपरेसन विभागका श्रीधर लामिछाने, केशव गौतम, कुम्भराज जोशी र अजय पासवानको पनि सरुवा गरिएको छ ।

लामिछाने र गौतमको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालय, जोशीको नेपालगञ्जस्थित इन्धन डिपो र पासवानको कोशी प्रादेशिक कार्यालय विराटनगर सरुवा गरिएको छ ।

त्यस्तै जनकपुरस्थित महेन्द्रनगर डिपोका प्रमुख दिलिप चौधरीलाई केन्द्रिय कार्यालयमा सरुवा गरिएको छ । उनको स्थानमा सिनामंगलस्थित हवाइ इन्धन कार्यालयमा कार्यरत मनोज कुमार साहलाई सरुवा गरिएको छ ।


क्लिकमान्डु