एनआरएनएमा कुनै गुट छैन, हुनु पनि हुँदैन: कुल आचार्य
युरोप क्षेत्रबाट एनआरएनए अभियानमा अगाडि आउने एउटा नाम हो कुल आचार्य । आगामी एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदमा आचार्यले उपाध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् । सन २००६ देखि २०१७ सम्म आइपुग्दा साधारण सदस्यदेखि एनआरएनए युकेको अध्यक्ष हुँदै उनि हाल युरोप संयोजकको जिम्मेवारीमा छन् । नजिकिएको ८ औं विश्व सम्मेलन र उनको उम्मेदवारी सन्धर्भमा गरिएको छोटो कुराकानी:
उपाध्यक्षमा कुल आचार्यको उमेदवारी के का लागि?
नेपाल र विदेशस्थित नेपाली डायस्पोरालाई जोड्ने अभियानमा हजारौं अभियान्ता सँगसँगै मैले पनि केही योगदान गर्न पाएको छु भन्दा आज एकदमै गर्व लाग्छ । त्यसो त सेवाको कुनै भौगोलिक सीमा हुँदैन, जसले जहाँ पनि, संगठित नभइकनै पनि गर्न सक्छ । तर, आफू जन्मेको माटोमा केही गरौं भन्ने सेवा भावना चाँही अलि बढि गहिरो हुँदो रहेछ । एनआरएनए अभियान यस्तै भावनाको उत्पादन हो र म एक दशक भन्दा बढि यही अभियानको सिपाई भएर लागेको छु ।
जहाँसम्म उपाध्यक्षमा मेरो उमेद्वारीको कुरा छ, यो हाम्रो अभियानको माग, यसमा लागेका साथीभाइहरूको माग र म आफैँले अरू केही गरौं भन्ने आकङ्क्षाको संयोजन हो जस्तो मलाई लाग्छ । मैले यस अगाडी निभाएका जिम्मेवारीबाट साथीहरू उत्साहित भएर मलाई अगाडि सार्नु भएको छ । म किन उपाध्यक्ष बन्ने भनेर मैले ७ बुँदे घोषणापत्र पनि सार्वजनिक गरी सकेको छु ।
जहाँसम्म उपाध्यक्षमा मेरो उमेद्वारीको कुरा छ, यो हाम्रो अभियानको माग, यसमा लागेका साथीभाइहरूको माग र म आफैँले अरू केही गरौं भन्ने आकङ्क्षाको संयोजन हो।
सेवाको कुरा गर्नुभयो, तर एकपछी अर्को ठूलो पदको लागि लड्दै आउनु भएको छ । महत्वकांक्षा बढ्दै गएको हो कि?
समाज सेवा अभियानमा पद सबै कुरा त हैन तर पदमा हुँनु र नहुनुले फरक भने पक्कै पार्छ । एउटा लामो अनुभव, प्रस्ट योजना र सबैलाई समन्वय र समझारीमा ल्याउन सक्ने मान्छे नेतृत्वमा हुनु जरूरी छ । साथीहरूले ममा यो सम्भावना देखेरै अगाडि सार्नु भएको हो । आफैंमा पनि एकदमै आत्मविश्वास बोकेर अगाडि बढेको छु ।
अनुभवको कुरा गर्नु भयो, यतिका जिम्मेबारी निभाइसक्नु भयो, उपलब्धी चाँही के गर्नु भयो नि?
पहिले कुरो त यो अभियानबाट मैले पाएको भनेको आत्म सन्तुष्टि हो । पर्वतको पाखाँमा घाँस काटेर हुर्केको मान्छे बेलायतमा एउटा राम्रै विजनेशम्यानको रूपमा उभिन सक्दा पनि मैले त्यो सन्तुस्टी पाउन सकिन जुन एनआएनएमा लागेर गाँउघरका बुढाबुढीको आखाँको आँसु पुच्छन् पाउँदा आउँछ् । यो चाँही भयो मेरो व्यक्तिगत उपलब्धि ।
विजनेशम्यानको रूपमा उभिन सक्दा पनि मैले त्यो सन्तुस्टी पाउन सकिन जुन एनआएनएमा लागेर गाँउघरका बुढाबुढीको आखाँको आँसु पुच्छन् पाउँदा आउँछ् ।
सामूहिक उपलब्धि त सयौं छन् । देशले विदेशमा रहेका नेपालीको भूमिकालाई केही भएपनि महसुस गरेको छ । अहिले होटेल, उद्योग धन्दामा अर्बौंको लगानी भित्रिएको छ । सामाजिक सेवाका प्रसस्तै काम भएका छन् । भुकम्प र बाढी पीडितको उद्दारका लागि हामीले जे गर्न सकेका छौं यो गर्वको विषय हो ।
म आफू युरोप संयोजकको हैसियतले यस क्षेत्रका २७ वटा एनसिसीलाई संयोजन गरी उल्लेख सहयोग जुटाउन सफल हुन सकें । युके अध्यक्ष र अरू भूमिकामा हुँदा आन्तरिक असहमतिहरूलाई हल गर्दै मैले खेलेको समन्वयकारी भूमिकालाई साथीहरूले प्रशंसा गर्नु हुन्छ ।
अहिले एनआरएनए केन्द्र देखि तलसम्म गुट उपगुटको दलदल देखिन्छ नि?
वास्तविकता त्यस्तो होइन । एनआएएनमा लाग्ने भनेको सेवा गर्न हो । सबैको उदेश्य एउटै हो भने गुट बनाएर लुछाचुँडी गर्नुपर्ने कारण नै छैन् । म त भन्छु एनआरएनएमा कुनै गुट छैन, गुट हुनु हुँदैन । सिंगो एनआरएनए एउटा गुट हो । यत्ति बुझे पुग्छ । निर्वाचनमा जाने सन्दर्भमा बनेको प्रतिश्पर्धात्मक वातावरणले त्यस्तो महसुस भएको होला तर यो टिकाउ हुँदैन । हामी एकठिक्का छौं ।
म त भन्छु एनआरएनएमा कुनै गुट छैन, गुट हुनु हुँदैन । सिंगो एनआरएनए एउटा गुट हो । यत्ति बुझे पुग्छ ।
उसोभए त अरू आकांक्षीलाई छाडिदिनुस् न, किन पदको लागि हानाथाप?
यो कुनै हानाथाप होइन् । आफ्नो अनुभव, योजना, साथीहरूको आकाक्षां सबै कुराको जोडले मैले उम्मेदवारीको घोषणा गरेको छु । एउटा अभियान्ताले उपयुक्त समयमा उपयुक्त जिम्मेबारी लिन पछी पर्ने कुरै भएन् । मैले अघि नै भने पद सबै कुरा त हैन तर पदमा हुँनु र नहुनुले फरक भने पक्कै पार्छ ।
अन्तमा, सर्वसहमतीको संभावना कतिको देख्नुहुन्छ?
म त एकदम आशावादी मान्छे । हामी एउटै डुङ्गाका सहयात्री सहमतिमै अगाडि बढ्नु राम्रो देख्छु । तर, त्यो हुन सकेन भने पनि निर्वाचन अन्यथा विषय हैन, यो प्रजातान्त्रिक प्रकृयामा जान पनि डराउन भने पर्दैन । जसले जिते पनि एनआरएनएले जित्ने हो ।
तस्विर: हरि गजुरेल /क्लिकमाण्डू