३०० व्यक्ति तथा कम्पनीको वाणिज्य बैंकहरुमा १ खर्ब ४१ अर्ब रुपैयाँ लगानी, कुन बैंकमा कसको कति ?



काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमा ३०० व्यक्ति तथा कम्पनीको ३८.१७ सेयर स्वामित्व अर्थात् १ खर्ब ४१ अर्ब १७ करोड ८९ लाख ३ हजार ३७४ रुपैयाँ लगानी रहेको छ ।

असार मसान्तसम्म बैंकहरुको चुक्ता पुँजी ३ खर्ब ६९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले प्रकाशित गरेको लेखापरिक्षक प्रतिवेदन अनुसार वाणिज्य बैंकमा ०.५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व ३०० व्यक्ति तथा कम्पनीको देखिएको हो ।

जसमध्ये पनि ८८ जना व्यक्तिसँग बैंकहरुको १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ । ८८ जनासँग वाणिज्य बैंकहरुको कुल चुक्ता पुँजीको ९‍.०९ प्रतिशत सेयर स्वामित्व छ अर्थात् ३३ अर्ब ६४ करोड रुपैयाँ लगानी छ । यी ८८ मध्ये पनि २१ व्यक्ति ३ प्रतिशतभन्दा बढी सेयर होल्ड गर्छन् । २१ व्यक्तिसँग १५ अर्ब १६ करोड २७ लाख ६२ हजार ७५१ रुपैयाँको १५ करोड १६ लाख २७ हजार ६२८ कित्ता अर्थात् कुल चुक्ता पुँजीको ४.१० प्रतिशत रहेको छ।

यसमध्ये पनि १५ वटा बैंकमा सरकारी स्वामित्वका ५ वटा निकायको ४८ अर्ब ३२ करोड ६२ लाख २० हजार ८४ रुपैयाँको ४८ करोड ३२ लाख ६२ हजार २०१ कित्ता अर्थात् समग्र स्वामित्वको १३.०७ प्रतिशत लगानी छ । पूर्णसरकारीसहित सरकारी स्वामित्वका बैंक तीन बाहेक निजी स्वामित्वका बैंकमा सरकारी संस्था तथा निकायको स्वामित्व भने ४.९५ प्रतिशत छ ।

लगानीका हिसाबले बैंकिङ क्षेत्रलाई राम्रो क्षेत्र मानिए पनि पछिल्लो समय बैंकले दिने प्रतिफल घट्दै गएको छ । अहिले बैंकको औषत प्रतिफल १०.७३ प्रतिशतको हाराहारी छ । प्रतिफल घटेसँगै कतिपय संस्थापक सेयरधनीहरु धमाधम सेयर बेचेर बाहिरिरहेका छन् ।

अर्को कुरा केही समयअघि सरकारले संसदमा प्रस्तुत गरेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)को संशोधन विधेयक २०८० मा बैंकर र व्यवसायी छुट्याउने प्रस्ताव गरिएको छ । १ प्रतिशतभन्दा बढी संस्थापक सेयर हुने लगानीकर्तालाई बैंकिङ प्रणालीबाट कर्जा लिन कडाइ गर्ने प्रस्ताव छ । जसले पनि बैंकिङमा लगानी गरिरहेका ठूला लगानीकर्तालाई अफ्ठ्यारो पर्ने देखिएको हो । बैंकर र व्यवसायी छुट्याउने भन्दै यस्तो व्यवस्था गर्न लागेको अर्थ मन्त्रालय, कानून मन्त्रालय र राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

हिमालयन बैंक

हिमालयन बैंकमा १४ ठूला सेयरधनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व हबिब बैंकको १२.९३ प्रतिशत रहेको छ। यस्तै कर्मचारी सञ्चय कोषको १२.६२ प्रतिशत, एन ट्रेडिङ कम्पनीको ८.२६ प्रतिशत, म्युचुअल ट्रेडिङ कम्पनीको ७.६६ प्रतिशत, आभा इन्टरनेशनलको ७.४६, छायाँ इन्टरनेशनल ५.७८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै प्रदिपजंग पाण्डको संस्थापक १.०९ र साधारण ०.४५ प्रतिशत गरी कुल १.५५ प्रतिशत, शशिकान्त अग्रवाल १.५१ प्रतिशत, इच्छाराज तामाङको १.१६ र साधारण ०.२० गरी कुल १.३६ प्रतिशत, नेशनल लाइफको संस्थापक ०.८८ र साधारण ०.३७ गरी कुल १.२५ प्रतिशत, एशस्वीका इन्टरनेशनलको १.१०, एशियन इन्भेष्टमेन्ट एण्ड टे«डिङको संस्थापक ०.७६ र साधारण ०.०१ गरी कुल ०.७७ प्रतिशत, प्रभा गोयन्काको ०.६७ प्रतिशत, विजय इन्टरनेशनलको ०.५४ प्रतिशत र अन्जु खेतानको ०.५० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

नबिल बैंक

नबिल बैंकका ठूला सेयरधनीमा विभिन्न स्वदेशी तथा विदेशी कम्पनी र बैंक रहेका छन् ।

बैंकको ठूला ५ सेयरधनीमा सबैभन्दा बढी सेयर स्वामित्व एनबी (इन्टरनेशनल) आयरल्याण्डको रहेको छ । बैंकमा एनबीको १० करोड ६७ लाख ६ हजार २४२ कित्ता अर्थात् ३९.४४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै बंगलादेशको आईएफआईसी बैंक पीएलसीको २ करोड १० लाख १७ हजार २६४ कित्ता अर्थात् ७.७७ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकमा राष्ट्रिय बीमा कम्पनीको २ करोड ६ लाख ३६ हजार ९८६ कित्ता अर्थात् ७.६३ प्रतिशत, निर्वाण चौधरीको १८ लाख ९७ हजार ४५९ कित्ता अर्थात् ०.७ प्रतिशत, बरुण चौधरीको १८ लाख ८ हजार ९८५ कित्ता अर्थात् ०.६७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकको ठूला सेयरधनीमा ३३ व्यक्ति तथा कम्पनी रहेका छन् । पछिल्लो समय बैंकको ठूला सेयरधनीमा ३ जना नयाँ संस्थापक सेयरधनी थपिएका छन् । बैंकमा थपिएका नयाँ सेयरधनीमा विमल कुमार केडिया, सुरेश कुमार केडिया र राजेस कुमार केडिया रहेका छन् ।

बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनीको ३.२३ प्रतिशत रहेको छ । यस्तै नरेन्द्र कुमार अग्रवालको २.९५ प्रतिशत, रतनलाल केडियाको २.४८ प्रतिशत, सविता केडियाको १.९२ प्रतिशत, चिरंजीलाल अग्रवालको १.८१ प्रतिशत, पवन कुमार अग्रवालको १.७६ प्रतिशत, सुवोध तोदी १.५५ प्रतिशत, अशोक कुमार बाहेटी १.४९ प्रतिशत, नरपत सिंह जैन १.४५ प्रतिशत, दिनानाथ केडिया १.४१ प्रतिशत, आदित्य केडिया १.३९ प्रतिशत, महावीर इन्भेष्टमेन्ट १.३७ प्रतिशत, तुसार तोदी १.२८ प्रतिशत, सुरेश कुमार रुंगटा १.२१ प्रतिशत, मदन लाल केडिया १.०८ प्रतिशत, विरेन्द्र कुमार शाह ०.९९ प्रतिशत, पूनम चन्द अग्रवाल ०.९७ प्रतिशत, विनोद कुमार अग्रवाल ०.९४ प्रतिशत, राजेस कुमार केडिया ०.८८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा भरत कुमार तोदीको ०.८७, राज कुमार टिब्रेवालाको ०.८१ प्रतिशत, विनय कुमार शाहको ०.७७ प्रतिशत, राजेन्द्र कुमार अग्रवालको ०.७६ प्रतिशत, श्याम कुमार अग्रवालको ०.७६ प्रतिशत, सुरेश कुमार केडियाको ०.७२ प्रतिशत, केशरी चन्द कुचेरियाको ०.६७ प्रतिशत, विमल कुमार केडियाको ०.६६ प्रतिशत, शशि कला अग्रवालको ०.६३ प्रतिशत, मनिष जैनको ०.६३ प्रतिशत, जगदिश कुमार अग्रवालको ०.६१ प्रतिशत, शम्भु कुमार कन्दोइको ०.५९ प्रतिशत, कबिन्द्र बहादुर श्रेष्ठको ०.५९ प्रतिशत र सरोज शर्माको ०.५९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

सानिमा बैंक

सानिमा बैंकको ठूला सेयरधनीमा विभिन्न १४ व्यक्ति तथा कम्पनी रहेका छन् । जसमा विभिन्न ४ वटा कम्पनी रहेका छन् भने बाँकी व्यक्ति रहेका छन् ।

बैंकमा सबैभन्दा बढी अरुणकुमार ओझाको ९८ लाख ९१ हजार ३२३ कित्ता अर्थात् ७.९४ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै टेकराज निरौलाको ८४ लाख ८३ हजार ५५० कित्ता अर्थात् ६.८१ प्रतिशत, जिवनाथ लामिछानेको ६८ लाख ६७ हजार २९४ अर्थात ५.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकमा सन नेपाल लाइफ इन्स्योरेन्सको ५६ लाख १० हजार अर्थात् कित्ता अर्थात ४.५० प्रतिशत, विनय कुमार श्रेष्ठको ५४ लाख ६० हजार ६०९ कित्ता अर्थात् ४.३८ प्रतिशत, कर्मचारी सञ्चय कोषको ५३ लाख ३३ हजार ९६० कित्ता अर्थात् ४.२८ प्रतिशत, अमला इन्भेष्टमेन्ट प्रालिको ४९ लाख ४७ हजार ३२३ कित्ता अर्थात् ३.९७ प्रतिशत रहेको छ ।

यस्तै घनश्याम थापाको ४३ लाख ५७ हजार १७६ कित्ता अर्थात् ३.५० प्रतिशत, खेमराज लामिछानेको ४३ लाख ५६ हजार २६५ कित्ता अर्थात् ३.५० प्रतिशत, रामकृष्ण शाहको ३१ लाख ५ हजार ८७२ कित्ता अर्थात् २.४९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै जय गणेश इन्भेष्टमेन्ट प्रालिको नाममा ११ लाख ८७ हजार १७३ कित्ता अर्थात् ०.९५ प्रतिशत, दिलीप श्रेष्ठको नाममा ९ लाख ४५ हजार ६४५ कित्ता अर्थात् ०.७६ प्रतिशत, शाम्बा लामाको नाममा ८ लाख ८५ हजार र गीता क्षेत्रीको ७ लाख ८१ हजार ६३५ कित्ता अर्थात ०.६३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकमा ८ व्यक्ति तथा कम्पनीको सेयर स्वामित्व रहेको छ । सबैभन्दा बढी सेयर स्वामित्व भारतको पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत रहेको छ । पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत अर्थात् २ करोड १४ लाख २२ हजार ८३६ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकमा प्रतिमा श्रेष्ठको सेयर स्वामित्व १४.७७ प्रतिशत अर्थात् १ करोड ५८ लाख ६ हजार १११ कित्ता रहेको छ । यस्तै बिष्णुकृष्ण (बिके) श्रेष्ठको ९.१८ प्रतिशत अर्थात् ९८ लाख २१ हजार ५५१ कित्ता, रवि कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात् २० लाख १२ हजार ५८० कित्ता, किरण कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात् २० लाख १२ हजार ५८० कित्ता, शान्त देव पाठकको १.१८ प्रतिशत अर्थात १२ लाख ५८ हजार ८२ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै अरुण मान शेरचनको ०.९५ प्रतिशत अर्थात् १० लाख ११ हजार ७२ कित्ता र होटल स्नो लायनको ९.३० प्रतिशत अर्थात् ९९ लाख ५४ हजार ३३६ कित्ता सेयर स्वामित्व रहेको छ । सर्वसाधारणको भने ४०.८३ प्रतिशत अर्थात् ४ करोड ३६ लाख ८१ हजार ८३६ कित्ता सेयर स्वामित्व रहेको छ ।

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकमा २६ जना ठूला सेयरधनी रहेका छन् । बैंकमा २६ व्यक्ति तथा कम्पनीको ठूलो हिस्सा सेयर स्वामित्व रहेको छ ।

सबैभन्दा बढी सेयर स्वामित्व हुने कम्पनीमा अशोक कुमार अग्रवाल रहेका छन् । बैंकमा अग्रवालको ६.१८ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै धेरै सेयर स्वामित्व हुने दोस्रो स्थानमा त्रिलोक चन्द अग्रवाल रहेका छन् ।

अग्रवालको ५.३४ प्रतिशत सेयर स्वामित्व रहेको छ । रामचन्द्र संघईको ४.४१ प्रतिशत, सुभाष चन्द्र संघईको ४.३७ प्रतिशत, लोकमान्य गोल्छाको ३.१० प्रतिशत, अनुज अग्रवालको ३.०१ प्रतिशत, जयश्री गोल्छाको २.७४ प्रतिशत, जगदीश प्रसाद अग्रवालको २.५३ प्रतिशत विरेन्द्र कुमार संघईको २ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

अक्षय गोल्यानको १.९४ प्रतिशत, गोविन्दलाल संघई १.९२ प्रतिशत, तुलसीराम अग्रवाल १.७८ प्रतिशत, मञ्जु अग्रवालको १.७८ प्रतिशत, संचिता अग्रवालको १.७८ प्रतिशत, निकुञ्ज अग्रवालको १.७८ प्रतिशत, नेपाल लाईफ इन्स्योरेन्सको १.१० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

वासुदेव गोल्यानको ०.९८ प्रतिशत, उषा अग्रवालको ०.९६ प्रतिशत, निर्मलकुमार अग्रवालको ०.९० प्रतिशत, कविता संघइको ०.८५ प्रतिशत, अर्पित अग्रवालको ०.७७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको ०.७० प्रतिशत, विशाल अग्रवालको ०.६२ प्रतिशत, शक्ति कुमार गोल्यान ०.६२ प्रतिशत, अनन्त कुमार गोल्यान ०.६२ प्रतिशत र दिवाकर गोल्छाको ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

प्राइम बैंक

प्राइम बैंकको ठूला सेयरधनीमा १९ व्यक्ति तथा कम्पनी रहेका छन् । पूर्वमन्त्री समेत रहेका उमेश श्रेष्ठका बैंकका पूर्वअध्यक्ष पनि हुन् । अर्का सेयरधनी बिक्रम पाण्डे राप्रपा नेपालका महामन्त्री हुन् । साथै उनी चितवन–१ का जननिर्वाचित सांसद समेत हुन् ।

बैंकमा रहेका ठूला सेयरधनीमा पहिलो नम्बरमा उमेश श्रेष्ठ रहेका छन् । बैंकमा उनको सेयर स्वामित्व २.४६ प्रतिशत अर्थात् ४७ लाख ७३ हजार १३७ कित्ता रहेको छ ।

यस्तै विनोद चन्द्र बरालको १.०६ प्रतिशत अर्थात् २० लाख ५१ हजार १४९ कित्ता, कृष्ण पुरीको १.०३ प्रतिशत अर्थात् १९ लाख ९६ हजार २४८ कित्ता, कर्मचारी संचयकोषको १ प्रतिशत अर्थात् १९ लाख ४७ हजार ४३४ कित्ता, बिक्रम पाण्डको ०.८७ प्रतिशत अर्थात् १६ लाख ७९ हजार ९८८ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै सुशिल मित्तलको ०.७३ प्रतिशत अर्थात् १४ लाख ११ हजार ५११ कित्ता, सुरेन्द्र नारायण जोशीको ०.७१ प्रतिशत अर्थात् १३ लाख ७५ हजार ३८३ कित्ता, शैलजा बज्राचार्यको ०.७० प्रतिशत अर्थात् १३ लाख ६१ हजार ६३८ कित्ता, श्याम बहादुर श्रेष्ठको ०.७० प्रतिशत अर्थात् १३ लाख ६१ हजार ६३७ कित्ता सेयर स्वामित्व रहेको छ ।

श्वेता मास्के श्रेष्ठको ०.६९ प्रतिशत अर्थात् १३ लाख २९ हजार ४८८ कित्ता, नरेन्द्र बर्जाचार्यको ०.६८ प्रतिशत अर्थात् १३ लाख २० हजार ३८० कित्ता, मनोहर दास मोल ०.६७ प्रतिशत अर्थात् १३ लाख ६ हजार ६२१ कित्ता, सनेन्द्र बर्जाचार्यको ०.६७ प्रतिशत अर्थात् १३ लाख ६ हजार ६२० कित्ता सेयर स्वामित्व छ ।

बैंकमा महेशराज कर्णिकारको ०.५६ प्रतिशत अर्थात् १० लाख ८८ हजार १८० कित्ता, नरेशलाल श्रेष्ठको ०.५३ प्रतिशत अर्थात् १० लाख ३० हजार ४८ कित्ता, महेन्द्र रत्न शाक्यको ०.५२ प्रतिशत अर्थात् १० लाख २ हजार ३७५ कित्ता, राजेश श्रेष्ठको ०.५१ प्रतिशत अर्थात् ९ लाख ९० हजार ८४७ कित्ता, चिरन्जिवी द्वाको ०.५१ प्रतिशत अर्थात ९ लाख ८२ हजार २०२ कित्ता र सन्तोष नारायण श्रेष्ठको ०.५० प्रतिशत अर्थात् ९ लाख ७३ हजार २२० कित्ता सेयर स्वामित्व रहेको छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकको ठूला सेयरधनीमा ३६ व्यक्ति तथा कम्पनी रहेका छन् । बैंकमा सबैभन्दा बढी लक्ष्मी कर्प नेपाल प्रालिको ७.७८ प्रतिशत, नागरिक लगानी कोषको ४.६३ प्रतिशत, सारिका खेतानको ४.७१ प्रतिशत, स्नेहा खेतानको ३.९१ प्रतिशत, मोतीलाल दुगडको २.७७ प्रतिशत, मालचन्द दुगडको २.४०, रतन लाल संघईको २.३९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकमा गोपिकृष्ण सिकरियाको २.३५ प्रतिशत, राजेन्द्र कुमार खेतानको २.३५ प्रतिशत, हिमालयन एक्जीम प्रालिको १.७९ प्रतिशत, कैलाश चन्द्र गोयलको १.८९ प्रतिशत, श्रवण कुमार गोयलको १.६१ प्रतिशत, सुरेन्द्र दुगडको १.४१ प्रतिशत, विवेक दुगडको १.३३ प्रतिशत, एमटीसी इन्भेष्टमेन्ट प्रालिको १.२८ प्रतिशत, बच्छराज तातेड १.१५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा राष्ट्रिय बिमा संस्थान (जीवन बिमा) को ०.९९ प्रतिशत, पुजा अग्रवाल खेतानको ०.८६ प्रतिशत, निधि दुगडको ०.८४ प्रतिशत, पुजा दुगडको ०.७९ प्रतिशत, श्रद्धा दुगडको ०.७८ प्रतिशत, विवेक तातेड ०.७७ प्रतिशत, विशाल तातेड ०.७७ प्रतिशत, शौरभ तातेड ०.७७ प्रतिशत, श्री निवास शारडाको ०.७७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै ओम प्रकाश सिकारियाको ०.७६ प्रतिशत, प्रियंका अग्रवालको ०.६४ प्रतिशत, सरोज दुगडको ०.६० प्रतिशत, जमुना पौड्यालको ०.५५ प्रतिशत, राधेश्याम शारडाको ०.५५ प्रतिशत, पवन कुमार शारडाको ०.५५ प्रतिशत, शिव रतन शारडाको ०.५५ प्रतिशत, सुभम दुगडको ०.५४ प्रतिशत, भोगेन्द्र कुमार गुरागाईंको ०.५२ प्रतिशत, कविता लोहियाको ०.५१ प्रतिशत, र मानव अग्रवालको ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकको ठूला सेयरधनीमा १९ व्यक्ति तथा कम्पनी रहेका छन् । जसमा विभिन्न ९ वटा कम्पनी रहेका छन् भने बाँकी व्यक्ति रहेका छन् ।

बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व कर्मचारी सञ्चय कोषको रहेको छ । बैंकमा कोषको १ करोड ६९ लाख ७१ हजार ५३५ कित्ता अर्थात् ४.७४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै आइएमई होल्डिङ्सको ९९ लाख ३८ हजार ८३८ कित्ता अर्थात् २.७८ प्रतिशत, आइएमई इन्भेष्टमेन्टको ८९ लाख ६६ हजार ४११ कित्ता अर्थात् २.१५ प्रतिशत, बिष्णुप्रसाद न्यौपानेको ५० लाख ३३ हजार ५७० कित्ता अर्थात् १.४१ प्रतिशत, सुमितकुमार अग्रवालको ५० लाख ३ हजार ७८५ कित्ता अर्थात् १.४० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

मंगल कलश इन्भेष्टमेन्टको ४४ लाख ३० हजार ५४ कित्ता अर्थात् १.२४ प्रतिशत र कन्टिनेण्टल इन्भेष्टमेन्टको ४१ लाख २२ हजार ३११ कित्ता अर्थात् १.१५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकमा उत्तम कुमार नेपालको ३३ लाख ९१ हजार ८५१ कित्ता अर्थात् ०.९५ प्रतिशत, नागरिक लगानी कोषको ३२ लाख ८५ हजार ७८८ कित्ता अर्थात् ०.९२ प्रतिशत, रणबहादुर शाहको २८ लाख ४ हजार १४५ कित्ता अर्थात् ०.८७ प्रतिशत, निमिषा इन्भेष्टमेन्टको २६ लाख ५५ हजार ७६४ कित्ता अर्थात् ०.७४ प्रतिशत रहेको छ ।

यस्तै होमल्याण्ड डेभलपर्सको २६ लाख १ हजार ८२१ कित्ता अर्थात् ०.७३ प्रतिशत, हेमराज ढकालको २४ लाख २ हजार ३२४ कित्ता अर्थात् ०.६७ प्रतिशत, क्याबिनेट श्रेष्ठको २२ लाख ७२ हजार ८४१ कित्ता अर्थात् ०.६४ प्रतिशत, डम्बर बहादुर मल्लको २२ लाख ४७ हजार १९७ कित्ता अर्थात् ०.६३ प्रतिशत, कामधेनु इन्भेष्टमेन्टको २२ लाख १९ हजार ७६१ कित्ता अर्थात् ०.६२ प्रतिशत, रिता मल्लको १९ लाख ९७ हजार ८३७ कित्ता अर्थात् ०.५३ प्रतिशत, शारदा देवीको १९ लाख ७८ हजार ८९२ कित्ता अर्थात् ०.५३ प्रतिशत र सन्दीप अग्रवालको १८ लाख ५३ हजार २३६ कित्ता अर्थात ०.५२ प्रतिशत रहेको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकमा २६ जना ठूला सेयरधनी रहेका छन् । २६ सेयरधनीको बैंकमा २७.२३ प्रतिशत सेयर हिस्सा छ । बैंकमा २६ जनाको ३ अर्ब ८६ करोड ६३ लाख ६७ हजार ५५९ रुपैयाँको ३ करोड ८६ लाख ६३ हजार ६७५ कित्ता सेयर छ ।

नागरिक लगानी कोषको सबैभन्दा बढी ३.३५ प्रतिशत अर्थात् ४७ लाख ५९ हजार १२६ कित्ता सेयर छ । यस्तै उर्मिला पाण्डेको ४६ लाख ९२ हजार ६८५ कित्ता सेयर अर्थात् ३.३० प्रतिशत छ । तारा विष्टको २ लाख ३४ हजार ५१० कित्ता अर्थात् १.६५ प्रतिशत, विजेन्द्र जोशीको २२ लाख ५३ हजार ६५५ कित्ता अर्थात् १.५९ प्रतिशत छ ।

मनोहरदास मुलको १९ लाख ४६ हजार ७७७ कित्ता अर्थात् १.३७ प्रतिशत, दिग्विजय बिष्टको १८ लाख ४६ हजार ८६३ कित्ता अर्थात् १.३० प्रतिशत, पवित्रकुमार कार्कीको १८ लाख १९ हजार ५४७ कित्ता अर्थात् १.२८ प्रतिशत, रविन्द्रमानसिंह प्रधानको १८ लाख १३ हजार ७६१ कित्ता अर्थात् १.२८ प्रतिशत, सावित्री शर्माको १६ लाख ८१ हजार २१३ कित्ता अर्थात् १.१८ प्रतिशत र रमेश शर्माको १४ लाख ३९ हजार ८८८ कित्ता अर्थात् १.०१ प्रतिशत सेयर छ ।

बैंकले प्रकाशित गरेको वार्षिक प्रतिवेदनअनुसार सोनी जोशीको १३ लाख ३२ हजार २९० कित्ता अर्थात् ०.९४ प्रतिशत, अर्जुनप्रसाद शर्माको ११ लाख ९९ हजार २९५ कित्ता अर्थात् ०.९४ प्रतिशत, जगन्नाथ ज्ञवालीको १० लाख ३९ हजार २४८ कित्ता अर्थात् ०.७३ प्रतिशत, शंकरप्रसाद शर्माको १० लाख २९ हजार ७८५ कित्ता अर्थात् ०.७३ प्रतिशत र विष्णुप्रसाद पोखरेलको १० लाख १ हजार ९६४ कित्ता अर्थात् ०.७१ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै सुलोचनराज राजभण्डारीको ९ लाख ६७ हजार ३४६ कित्ता अर्थात् ०.६८ प्रतिशत, नरेन्द्रकुमारदेव भट्टको ८ लाख ३४ हजार ९४० कित्ता अर्थात् ०.५९ प्रतिशत, प्रमिला नेपालको ७ लाख ८८ हजार ६३४ कित्ता अर्थात् ०.५६ प्रतिशत, रमिता भट्टराईको ७ लाख ६८ हजार ७९९ कित्ता अर्थात् ०.५४ प्रतिशत र मनिता भट्टराईको ७ लाख ६७ हजार ३७७ कित्ता अर्थात् ०.५४ प्रतिशत छ ।

प्रतापजंग पाण्डेको ७ लाख ४३ हजार ३१२ कित्ता अर्थात् ०.५२ प्रतिशत, राजेश खड्काको ७ लाख २५ हजार ५१० कित्ता, रामप्रसाद श्रेष्ठको ७ लाख २३ हजार २७० कित्ता अर्थात् ०.५१ प्रतिशत, प्रेमबहादुर श्रेष्ठको ७ लाख १८ हजार २५८ कित्ता अर्थात् ०.५१ प्रतिशत, एसआर हाइड्रो एण्ड इन्भेष्टमेन्टको ७ लाख १५ हजार ८३९ कित्ता अर्थात् ०.५० प्रतिशत र अनिलकुमार ढुंगेलको ७ लाख १० हजार ७७१ कित्ता अर्थात् ०.५० प्रतिशत सेयर स्वामित्व रहेको बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकमा १९ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व सुरेन्द्र महतोको छ। बैंकमा उनको १ अर्ब १२ करोड ३२ लाख ४९ हजार २०० रुपैयाँको सेयर स्वामित्व छ । त्यो भनेको समग्र सेयर हिस्साको १०.९५ प्रतिशत हो । यस्तै बैंकको ठूलो सेयरधनीमा उपेन्द्र महतो पनि रहेका छन् । बैंकमा उनको ९.१४ प्रतिशत अर्थात् ९३ करोड ७१ लाख ८८ हजार रुपैयाँको सेयर स्वामित्व छ ।

बैंकमा प्रेमकुमारी केसीको ८.६८ प्रतिशत अर्थात् ८९ करोड १ लाख ५६ हजार, पीकेआर इन्भेस्टमेन्ट कम्पनीको ६.३५ प्रतिशत अर्थात् ६५ करोड १३ लाख ६० हजार २०० रुपैयाँ, रामआशीष साहूको ४.२४ प्रतिशत अर्थात् ४३ करोड ४४ लाख २ हजार ७०० रुपैयाँको सेयर स्वामित्व छ ।

बैंकमा कृष्णगोपाल श्रेष्ठको २.०६ प्रतिशत अर्थात् २१ करोड १६ लाख ९३ हजार, डा. धर्मराज श्रेष्ठको १.५६ प्रतिशत अर्थात् १५ करोड ९५ लाख ८५ हजार ५००, किरण केसीको १.४६ प्रतिशत अर्थात् १४ करोड ९३ लाख १८ हजार २००, प्रकाश केसीको १.२९ प्रतिशत अर्थात् १३ करोड २६ लाख ४२ हजार २००, रोशन केसीको १.१४ प्रतिशत अर्थात् ११ करोड ६६ लाख ३ हजार ९०० र करण मोटर्स कम्पनीको १.१२ प्रतिशत अर्थात् ११ करोड ५२ लाख ५७ हजार ५०० रुपैयाँको सेयर स्वामित्व छ ।

त्यस्तै रामजानकी इन्भेष्टमेन्ट एन्ड पेट्रोलियम सप्लायर्स प्रालिको ०.९९ प्रतिशत अर्थात् १० करोड १८ लाख ६२ हजार ६००, एसोसिएटेड अटोमोबाइल्सको ०.८३ प्रतिशत अर्थात् ८ करोड ४६ लाख ८२ हजार ५००, गणेशबहादुर श्रेष्ठको ०.७३ प्रतिशत अर्थात् ७ करोड ५० लाख ७ हजार ३००, श्री हिमालयन इन्टरप्राइजेजको ०.६१ प्रतिशत अर्थात् ६ करोड २९ लाख २४ हजार, वीरेन्द्रप्रसाद महतोको ०.६० प्रतिशत अर्थात् ६ करोड १७ लाख २४ हजार ९००, परमेश्वर पोखरेलको ०.५५ प्रतिशत अर्थात् ५ करोड ६७ लाख ६९ हजार, राजनलाल श्रेष्ठको ०.५२ प्रतिशत अर्थात् ५ करोड ३३ लाख ४४ हजार र दिनेशलाल श्रेष्ठको नाममा ०.५१ प्रतिशत अर्थात् ५ करोड २१ लाख ७० हजार २०० रुपैयाँको सेयर स्वामित्व रहेको कम्पनीले जनाएको छ ।

प्रभु बैंक

प्रभु बैंकको ठूला सेयरधनीमा विभिन्न १२ व्यक्ति तथा कम्पनी रहेका छन् । बैंकको ठूला सेयरधनीमा ६ व्यक्ति तथा ६ कम्पनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व एशियन लाइफ इन्स्योरेन्सको रहेको छ । कम्पनीको बैंकमा ३.४१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै गौरव अग्रवालको २.७१ प्रतिशत, कर्मचारी सञ्चय कोषको २.५३ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै प्रभु ग्रुपको १.२१ प्रतिशत, सुदिप आचार्यको ०.६० प्रतिशत, शिव कुमार श्रेष्ठको ०.५८ प्रतिशत, मिजास भट्टचनको ०.५८ प्रतिशत, राजेन्द्र भट्टचनको ०.५७ प्रतिशत, स्वरुप गुरुङको ०.५७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट प्रालिको ०.५२ प्रतिशत, शिवम् सिमेन्टको ०.५१ प्रतिशत र सन् नेपाल लाइफ इन्स्योरेन्सको ०.५० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

कुमारी बैंक

कुमारी बैंकको ठूला सेयरधनीमा २२ व्यक्ति तथा कम्पनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व कर्मचारी संचय कोषको रहेको छ । बैंकमा कोषको २.९६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै अमिर प्रताप जबराको २.०२ प्रतिशत, नागरिक लगानी कोषको १.७१ प्रतिशत, भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरको १.३९ प्रतिशत, जानकी कुमारी जबरा राना शाहीको १.३० प्रतिशत, सबिता गुरुङको १.२४ प्रतिशत, हिमालयन लाइफ इन्स्योरेन्सको १.०८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै सांग्रिला इन्भेष्टमेन्ट प्रालिको ०.९५ प्रतिशत, बिमला देवी अग्रवालको ०.९५ प्रतिशत, विरेन्द्र कुमार शाहको ०.९१ प्रतिशत, एनबी ग्रुप नेपालको ०.७४ प्रतिशत, पशुपति मुरारकाको ०.६७ प्रतिशत, गौरी श्रेष्ठको ०.६२ प्रतिशत, जगन्नाथ ज्ञवालीको ०.६० प्रतिशत, मिन बहादुर गुरुङको ०.६० प्रतिशत, ओम प्रसाद श्रेष्ठको ०.६० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा नारायण प्रसाद श्रेष्ठको ०.५९ प्रतिशत, प्रदिप कुमार मुरारकाको ०.५७ प्रतिशत, राम प्रसाद श्रेष्ठको ०.५५ प्रतिशत, अनुपमा राठीको ०.५५ प्रतिशत, राजन प्रसाद अमात्यको ०.५३ प्रतिशत र नभिन अग्रवालको ०.५२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

एनएमबि बैंक

एनएमबि बैंकमा १६ जना ठूला सेयरधनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व एफएमओ नेदरल्याण्डसको रहेको छ । बैंकमा एफएमओको १३.६९ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै कर्मचारी संचय कोषको ५.५३ प्रतिशत, यंग लियन रियल्टी एसडीएन विएचडी, मलेसियाको ४.२२ प्रतिशत, गाईत्री इनभेस्टमेन्ट एण्ड म्यानेजमेन्ट प्रालिको १.८२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा नन्द किशोर राठीको १.६८ प्रतिशत, धनन्जय प्रसाद आचार्यको १.५३ प्रतिशत, सुनिल कुमार गोशालीको १.०४ प्रतिशत, सुशिल कुमार गोशालीको ०.९५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै पवन कुमार गोल्यानको ०.९२ प्रतिशत, योगेन्द्र लाल प्रधानको ०.९१ प्रतिशत, सन्तोष देवी मुरारकाको ०.७९ प्रतिशत, पुरुषोत्तम लाल संघाईको ०.७१ प्रतिशत, पशुपति मुरारकाको ०.५८ प्रतिशत, सन्तोष राठीको ०.५८ प्रतिशत, दिनवन्धु अग्रवालको ०.५३ प्रतिशत र बलराम न्यौपानेको ०.५२ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकका तत्काली अध्यक्ष पवन कुमार गोल्यानको सेयर स्वामित्व १ प्रतिशतभन्दा कम रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

यस्तै बैंकमा महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको ३.९६ प्रतिशत, छायाँ इन्भेष्टमेन्टको ३.६८ प्रतिशत, केयूपी इन्भेष्टमेन्टको ३.५१ प्रतिशत, सोफिया इन्भेष्टमेन्टको ३.३३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा नागरिक लगानी कोषको १.३२ प्रतिशत, अन्नपूर्ण इन्भेष्टमेन्टको ०.७४ प्रतिशत, सूर्य इनोसिस प्रालिको ०.७४ प्रतिशत, प्रिस्टाइन इन्भेष्टमेन्टको ०.७४ प्रतिशत, कमला इन्भेष्टमेन्टको ०.७० प्रतिशत, नोबेल इन्भेष्टमेन्टको ०.७० प्रतिशत, लोटस इन्भेष्टमेन्टको ०.६५ प्रतिशत, राष्ट्रिय बिमा संस्थानको ०.६४ प्रतिशत, मर्कन्टाइल इन्भेष्टमेन्टको ०.५७ प्रतिशत र सिटिजन युनिट स्किमको ०.५६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

स्टयाण्डर्ड चार्टर्ड बैंक

स्टयाण्डर्ड चार्टर्ड बैंकमा ७ ठूला सेयरधनी रहेका छन् । बैंकमा नेपालीको २९.७९ र विदेशी संस्था तथा बैंकको ७०.२१ प्रतिशत लगानी रहेको छ ।

बैंकमा स्ट्यान्डर्ड चार्टर्ड ग्रिन्डलेज पीटीवाई लिको ४६.८१ प्रतिशत अर्थात् ४ करोड ४१ लाख ३६ हजार ३३८ कित्ता, स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेको २३.४० अर्थात् २ करोड २० लाख ६८ हजार १६९ कित्ता सेयर स्वामित्व रहेको छ ।

उक्त बैंकमा ५ जना नेपाली व्यक्तिको पनि ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेको छ । जसमा शंकरलाल अग्रवालको ०.६६ प्रतिशत अर्थात् ६ लाख २० हजार ८९ कित्ता सेयर स्वामित्व रहेको छ भने बाँकी ४ जनाको सेयर स्वामित्व ०.७० प्रतिशतका दरले रहेको छ ।

शशि अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ता, प्रियंका अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ता, कोमल अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ता र अभिनाश अग्रवालको ०.७० प्रतिशत अर्थात् ६ लाख ६० हजार ८३६ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकमा नेपालीको २९.७९ प्रतिशतमा सर्वसाधारणको २८.५९ प्रतिशत र अन्य व्यक्तिको १.२० प्रतिशत सेयर स्वामित्व रहेको छ । विदेशीको स्वामित्व ७०.२१ प्रतिशत रहेको छ ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकमा स्टेट बैंक अफ इन्डियाको ५५ प्रतिशत, कर्मचारी संचय कोषको १५ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैकको ठूला सेयरधनीमा १५ कम्पनी रहेका छन् । गत आवको असार मसान्तसम्म बैंकमा सबैभन्दा बढी हिस्सा राष्ट्रिय बिमा कम्पनीको रहेको छ ।

बैंकमा कम्पनीको २ अर्ब २९ करोड ६७ लाख ७९ हजार ६९२ रुपैयाँ अर्थात् ६.७३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकमा नेपाल सरकारको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै कृष्ण गोपाल श्रेष्ठको १.३९ प्रतिशत र लक्ष्मी श्रेष्ठको ०.९९ प्रतिशशत सेयर स्वामित्व रहेको छ ।

नेपाल बैंक

नेपाल बैंकको ठूला सेयरधनीमा सरकारसहित ३ वटा कम्पनी रहेका छन् ।

बैंकमा सरकारको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै कर्मचारी सञ्चय कोषको ३.६४ प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सको ०.९६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।


सोभित थपलिया