९ महिनामा छ्याङदी हाइड्रोपावरको कारोबार ६ करोड ३० लाख



काठमाडौं । छ्याङदी हाइड्रोपावरले लाचु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६ करोड ३० लाखको कारोबार गरेको छ । यस्तै गत वर्ष यस कम्पनीले ९ करोड ९० लाखको कारोबार गरेको थियो ।

आर्थिक वर्ष २०२२ मा हाइड्रोले ७ करोड ८० लाखको कारोबार गरेको थियो भने आर्थिक वर्ष २०२१ मा ४ करोड ८० लाखको मात्रै कारोबार गरेको थियो ।

आर्थिक वर्ष २०२० मा छ्याङदीले ५ करोड ७० लाख कारोबार गरेको छ्याङदीले आर्थिक वर्ष २०१९ मा ५ करोड १० लाखको कारोबार गरेको थियो । कम्पनीले ८७ करोड ४९ लाख ८० हजारको रेटिङ गराएको छ । जसमध्ये दीर्घकालीन कर्जाका लागि ८४ करोड ४९ लाख ८० हजार र अल्पकालीन कर्जाका लागि ३ करोडको रेटिङ गराएको कम्पनीले उल्लेख गरेको छ ।

२००७ को सेप्टेम्बरमा सुरु भएको छ्याङदी हाइड्रोपावर लिमिटेडले लमजुङमा २ मेगावाटको छ्याङदी खोला र ४ मेगावाटको उपल्लो छ्याङदी खोला दुई परियोजना सञ्चालन गर्दैआएको छ । छ्याङदी खोलाको २ मेगावाटको परियोजना २०१६ मा सञ्चालनमा आएको थियो । यो परियोजना ४४ करोड ३० लाखको लागतमा सम्पन्न भएको हो । जसमा ५९ प्रतिशत ऋणबाट वित्तपोषित गरिएको थियो । यो परियोजना रन अफ द रिभरको ढाँचामा सञ्चालित छ ।

यस्तै ४ मेगावाटको उपल्लो छ्याङदीको परियोजना २०२१ मा सञ्चालनमा आएको थियो । रन अफ द रिभरकै ढाँचाको यो परियोजना निर्माणका लागि ९० करोड ६० लाख लागत लागेको थियो ।


क्लिकमान्डु