सेयर बजारमा हरियाली, बैंकमा लगानीकर्ताको आकर्षण



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १५.५४ अंकले बढेर परिसूचक २१३१.५४ बिन्दु कायम भएको छ ।

३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयर ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको ४८.४४, विकास बैंक १३.७२, होटल समूहको उपसूचक ९८.३४अंकले बढेको छ । बाँकी कम्पनीको घटेको छ । यो दिनको कारोबारमा वित्त २९.४३, जलविद्युत २२.५३, जीवन बिमा ६१.७१, उत्पादन तथा प्रशोधन १०.१७, माइक्रोफाइनान्स ५१.०६, निर्जीबन बिमा ६६.६२, अन्य समूहको १०.३८ अंकले घटेको छ ।

यो दिन बैंकको कारोबारमा लगानीकर्ताको आकर्षण निकै बढेको छ । जसले बजार बढाउन सहयोग गरेको छ । कारोबारमा सामुदायिक लघुवित्त वित्तीय संस्था र बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु