बजेटबारे सभामुख, अर्थमन्त्री र संसदीय समिति सभापतिबीच त्रिपक्षीय छलफल, यस्तो छ विषय



काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का लागि आवश्यक पर्ने बजेटका बारेमा छलफल गरेका छन् । अर्थमन्त्री वर्षमान पुन तथा सङ्घीय संसदीय समितका सभापतिहरू डाकेर सभामुखले छलफल गरेका हुन् ।

छलफल संसदका कुन कुन क्षेत्रमा बजेट चाहिने भन्नेमा केन्द्रित छ । यतिबेला बजेट निर्माण तयार गर्ने काम अन्तिम चरणमा छ ।

अर्कातर्फ संसदीय समितिहरूले बजेटको अभावमा काम गर्न नपाइरहेको गुनासो गरेका छन् । सोही पृष्ठभुमिमा बुधबार सभामुखले छलफल गरेका हुन् ।


क्लिकमान्डु