कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ



काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।

एसएसपी सानुराम भट्टराईको नेतृत्वको टोली सिरोहियालाई नियन्त्रणमा लिन थापाथलीस्थित कान्तिपुरको कार्यालय पुगेको थियो। कार्यकक्षमा रहेका सिरोहियालाई प्रहरीले पक्राउ गरेको हो ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले उनको वयैक्तिक सुरक्षाका लागि कानुन व्यवसायी सँगै रहने बताएका छन् । अधिवक्ता किशोर पौडेल कानुनी सहायतका लागि सँगै लैजानका लागि कानुन व्यवसायीहरुले प्रहरीलाई आग्रह गरेका थिए ।

सोरोहियालाई नियन्त्रणमा लिन जिल्ला अदालत धनुषाले प्रहरीलाई आज अनुमति दिएको थियो ।

नियन्त्रणमा लिइएका सिरोहियालाई प्रहरीले धनुषा लैजाने छ ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो । सिरोहियाले दुईवटा फरक नम्बरको नागरिकता प्रयोग गर्ने गरेको उजुरकर्ताले दाबी गरेका छन् ।

वैशाख १७ मा धनुषा प्रहरीमा उनको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भनेर जाहेरी परेको थियो ।


क्लिकमान्डु