सेबोनबाट तानिए रितेश कुमार शाक्य, नरेन्द्र रानामगरलाई कावा अध्यक्षको जिम्मेवारी



काठमाडौं । धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी नरेन्द्र रानामगरले पाएका छन् । अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने रानामगरले मन्त्रीस्तरीय निर्णय अनुसार बोर्ड अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् ।

यसअघि उक्त भूमिकामा अर्थ मन्त्रालयका रितेश शाक्य रहेका थिए । शाक्यलाई मन्त्रालयमा तानेर उनको ठाँउमा रानामगरलाई पठाइएको छ ।

धितोपत्र ऐनमा भएको संशोधनअनुसार अध्यक्ष रिक्त रहँदा अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले अध्यक्षको हैसियतमा काम गर्न सक्ने व्यवस्था गरिएको छ ।

सरकारले सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत् यस्तो संशोधन गरेको छ । अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने कर्मचारीले धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्न सक्ने व्यवस्था गरेको छ ।

सोही व्यवस्था अनुसार रानामगरले अध्यक्षको हैसियतमा काम गर्नेछन् । यो विधेयक राष्ट्रपतिबाट प्रमाणित भएर चैत ३० गते राजपत्रमा प्रकाशित भइसकेको छ ।


क्लिकमान्डु