सुनको मूल्य एकैदिन बढ्यो १ हजार ६००, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोलामा एक हजार छ सयले बढेर एक लाख ४० हजार पुगेको छ ।

तेजावी सुनको मूल्य पनि प्रतितोला एक हजार पाँच सय ५० ले बढेर प्रतितोला एक लाख ३९ हजार तीन सय पुगेको छ । साथै चाँदीको भाउ आज प्रतितोला ६० ले बढेर एक हजार आठ सय पाँच रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु