सेयर बजारमा सामान्य सुधार, ३ अर्ब बढीको कारोबार



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ८.२६ अंकले बढेर परिसूचक १९७४.५० बिन्दु कायम भएको छ ।

३११ सूचीकृत कम्पनीको ७८ लाख ५७ हजार ३१ कित्ता सेयर ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८ रुपैयाँ सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली देखिएको छ ।

बैंकिङ समूहको ४.४६, विकास बैंक ४२.४३, जलविद्युत ३.८५, जीवन बिमा १२२.०८, उत्पादन तथा प्रशोधन ९३.६६, निर्जीबन बिमा २७२ अन्य समूहको उपसूचक ११.०१ अंकले बढेको छ ।

कारोबारमा सृजनशिल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै उन्नति सहकार्य लघुवित्त, अजोड इन्स्योरेन्स, हिमालयन एभरेष्ट बैंकका लगानीकर्ताले कमाएका छन् ।

यस्तै मानुषी लघुवित्त, दोल्ती पावर कम्पनी, आरएसडीसी लघुवि वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु