धरानमा कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र सञ्चालन



धरान । धरानमा कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विश्ष्टिीकृत अनुसन्धान केन्द्र सञ्चालनमा आएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले उक्त अनुसन्धान केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

धरान उपमहानगरपालिका–१६ मा बनेको केन्द्रको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, नाष्टका उपकुलपति डा दिलीप सुब्बा र सचिव डा रवीन्द्रप्रसाद ढकालले उद्घाटन गरेका छन् ।

उपकुलपति सुब्बाले प्रविधिको प्रयोगबाट कृषि उत्पादन बढाउन सकिने बताउँदै त्यसनिम्ति केन्द्रलमार्फत किसानलाई सघाउन आफू प्रतिबद्ध रहेको बताए ।

नगरप्रमुख राईले धरानको विकास आफ्नो एकमात्र लक्ष्य हो भन्दै केन्द्र स्थापनाका निम्ति उपमहानगरपालिकाले पूर्वाधार खडा गरेको जानकारी दिए । साथै उनले धरान आवासका निम्ति उपयुक्त सहर भएकाले त्यसैअनुसार खानेपानी योजना सञ्चालन तथा फोहरमैला व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

नास्टका सचिव डा ढकालले केन्द्रमा विशेष गरी कृषि र खाद्य प्रविधिसँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान हुने जानकारी दिए ।


क्लिकमान्डु