दमकमा गोली चल्यो, एक जना घाइते



दमक। दमकमा शुक्रबार दिउँसो गोली लागेर एक जना विद्यार्थी घाईते भएकी छन् ।

सिरहाका अमितकुमार यादवले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत एनिका अधिकारी घाइते भएकी हुन् ।

घाइते अधिकारीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।

घटनाका बारे प्रहरीले थप अनुसन्धान तीव्र बनाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


क्लिकमान्डु